• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अर्थमा कोर टिम बनाउंदै, सचिवमा घिमिरे र उपाध्यायको सम्भावना बलियो


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • काठमाण्डौं । उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नो टिम बनाउन सुरु गरेका छन् । मन्त्री पौडेलले आफ्नो कोर टिम बनाउन आन्तरिक छलफल सुरु गरिसकेका छन् ।मन्त्री पौडेल अर्थ सल्लाहकार नियुक्ती गर्ने र लगत्तै अर्थ र राजस्व सचिव परिवर्तन गर्ने तयारीमा लागेको निकट स्रोतले बतायो ।

    Advertisement

    पौडेल अर्थमन्त्रीमा नियुक्त भएसंगै सेयर बजारमा हरियाली छाइसकेको छ । शुक्रबार आउने मौद्रीक नीतिबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउने उनको योजना छ । मन्त्रालयमा उनले कार्यसम्पादन राम्रो भएका र अर्थ बुझेका अधिकारीहरुलाई ल्याउन सक्ने धेरैको अनुमान छ ।

    मन्त्री पौडेलले अहिले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ,अर्थशास्त्री डा.गोविन्द नेपाल, शुसिल ज्ञवाली र योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कंडेललगायतसंगल नियमित छलफल गरिरहेका छन् । उनिहरुमध्येबाटै अर्थमन्त्रीले एक जना सल्लाहकार बनाउन सक्ने सम्भावना छ ।

    मन्त्रीले गर्भनर महाप्रसाद अधिकारीसंग समेत नियमित छलफल गरिरहेका छन् । गर्भनर अधिकारी र मन्त्री पौडलेको समेत सुमधुर सम्बन्ध छ । त्यसैले देशको अर्थतन्त्रले लय समात्न सक्ने धेरैको अनुमान छ ।

    तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा एक जना संचारउद्यमीको जोडबलमा अर्थसचिव भएका मधु मरासिनी धितोपत्र बोर्डको नेतृत्व चयनमा नकरात्मक भुमिका खेलेका कारण अहिले प्रधानमन्त्री कार्यालयतिर पठाइनेमा छन् । मरासिनिलाई सेटिङमा अर्थमा ल्याइएको भएपनि उनले स्वार्थ समुहको इच्छाअनुसार काम नगर्दा यसपटक मिल्काइने सुचिमा रहेको स्रोत बताउंछ ।

    धितोपत्र बोर्डको लाइसेन्स लिन व्यवसायिक घरानाबीच कर्पोरेट वार नै भएको थियो । पुर्व अर्थमन्त्री वर्षमान पुनले त एक संचारमाध्यमसंगको अन्र्तवार्तामा व्यापारीहरु सरकार नै बदल्न सक्ने हैसियतमा पुगेको भन्दै धितोपत्र बोर्डको लाइसेन्स त्यसैसंग जोडिएको दावी गरेका थिए । तर, पुन पनि सेटिङमा चन्द्र ढकाल र उपेन्द्र महतो समुह निकटलाई धितोपत्र बोर्डमा ल्याउनेमा थिए ।

    माओवादी निकट सचिव भनेर चिनिएका सचिव मरासिनीको ठाउंमा अहिले राजस्व सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई अर्थसचिव बनाइने सम्भावना छ । उनको मन्त्री पौडेलसंग सुमधुर सम्बन्ध छ । अर्थमा श्रम सचिव घनश्याम उपाध्याय समेत आउन जोडबल गरिरहेका छन् ।

    उपाध्याय अर्थमा आउन नसके राजस्व सचिव भएपनि आउनेमा रहेको बताइन्छ । त्यसलगत्तै अर्थमन्त्रालयअन्र्तगतका विभिन्न महाशाखाका प्रमुखको समेत सरुवा गर्ने तयारी छ ।

     

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer