• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

चौध हजार बढी महिला पदयात्रीले गरे गोसाइँकुण्डको अवलोकन


  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ गोसाइँकुण्ड । लाङ्टाङको क्षेत्र धार्मिक तथा पर्यटकिय अवलोकनका लागि प्रसिद्द छ ।गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले यहांको धार्मिक तथा पर्यटकिय भ्रमण गरेका छन् ।

    Advertisement

    बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च भागको अवलोकन एवं धार्मिक यात्राका लागि पर्यटकको रूपबाट यहाँ आउने गरेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा यस्ता १४ हजारभन्दा बढी महिलाले अवलोकन भ्रमण गरेका हुन् ।

    उक्त अवधिमा यहाँ आठ हजार चार सय ७९ आन्तरिक तथा चार हजार नौ सय ७७ बाह्य महिला पैदयात्रीले भ्रमण गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । पुरूषतर्फ भने स्वदेशी तथा विदेशी एवं सार्क राष्ट्रका समेत गरी २३ हजार एक सय १८ जनाले रसुवाको भ्रमण गरेको कार्यालयले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले यहाँ विदेशीलाई प्रतिव्यक्ति रू तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई रू एक हजार पाँच सय र आन्तरिकका लागि रू एक सय शुल्क लाग्ने प्रावधानअनुरूप गत आवमा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

    यस्तै गत आवमा पर्यटक शुल्क, वन पैदावार, होटल रोयल्टी, हेलिकप्टर अवतरण, दण्ड, जरिवानासमेतबाट निकुञ्जको समग्र वार्षिक राजस्व रु पाँच करोड ४३ लाख १९ हजार एक सय २१ सङ्कलन भएको वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

    रसुवाको गोसाइँकुण्ड धार्मिकमार्ग तथा लाङ्टाङ पदमार्गका ठाउँ ठाउँमा होटल तथा लजको व्यवस्थापन एवं मागअनुसार खाने, बस्ने व्यवस्थाका साथै काठमाडौँदेखि छोटो दूरीमा यहाँ पुग्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउछन् ।

    प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले वर्षायाममा सकभर यात्रा नर्गन र यदि यात्रा गर्नुपर्ने भएमा जोखिमलाई ख्याल गरेर मात्र हिँड्डुडुल गर्न अनुरोध गरिएको बताउछन् । पदयात्रामा जाँदा सुरक्षा आवश्यक परेको वा बिरामी परि आपतकालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन केन्द्र र प्रहरी प्रशासनसँग समन्वय गरी सहयोग लिने व्यवस्था गरिएकाले पछिल्लो समय पर्यटकलाई सहज भएको उल्लेख गरे ।

    यहाँ महिला पदयात्रीको सङ्ख्या बढेसँगै स्थानीय महिला उत्साहित भएका छन् । महिलाले पनि पुरूष सरह पैदलयात्रा गर्न सक्छन् भन्ने शाहासीपन देखाउँदै पछिल्लो समय गाउँघर तथा सहरबजारका दिदीबहिनी यात्रामा आउन थालेपछि आफूहरू उत्पाहित भएको स्थानीयले बताउने गरेका छन् ।(जोय नेपाल)

    शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer