काठमाडौं । आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती प्रदेशमा सम्भावित बाढी, पहिरोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।




