• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पहिलो सोमवार तिस हजार बढी दर्शनार्थी पुगे केदारनाथको शीर डोलेश्वर दर्शनमा


  •   बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यकाको पुर्वतर्फ भक्तपुर जिल्लाको सिपाडोलमा अवस्थीत डोलेश्वर महादेवमा आजकल दर्शनार्थीको भिड लाग्ने गरेको छ । हाल दैनिक १०००-१५०० श्रद्दालुहरु आउने गरेकोमा सोमवार शनीवार ७०००-८००० श्रद्दालुहरु आउने गरेको केदारनाथ मन्दिर संरक्षण समितीका सचिव कविराम थापा बताउनुहुन्छ । श्रावण महिनाको पहिलो सोमवार झण्डै तिस हजार भक्तजनको उपस्थिती रहेको समितीका सचिव थापा बताउनुहुन्छ । “बेलुका ७ बजेसम्म लाईनमा नै हुनुहुन्थ्यो भक्तजनहरु त्यसैले ठ्याक्कै यति भनेर गणना त गरिएन, तर पनि ३००० भन्दा बढी नै अनुमान गरिएको छ ।”

    Advertisement

    अहिले डोलेश्वर महादेवमा ३८ दिने श्रावणी मेला शुरु भएको, हरेक सोमवार र शनीवार बिशिष्ठ गुरुहरुबाट पाठपारायण, कथा वाचन हुने, सांझ भजन किर्तनका साथै बिशेष आरती हुने गरेका कारण भक्तजनको भिड लाग्ने गरेको छ ।

    हिमवत्केदार वैराग्य सिंहासनाधिश्वर रावल पदवी विभूषित श्री श्री श्री १००८ जगत् गुरु भीमाशङ्करलिङ्ग शिवाचार्य महास्वामीबाट २०६६ साल भदौ ६ गतेका दिन केदारनाथको शिरोभाग डोलेश्वर महादेव भएको विधिवत् घोषणा गरेपछि यस पवित्रधामको सर्बत्र चर्चा हुने गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणको समयमा केदारनाथको शिर डोलेश्वर महादेव रहेको र सवा अर्व हिन्दुहरुको धर्मिक यात्रा, यस पवित्र तिर्थको दर्शन नगरी पुरा नहुने बताएपछि छिमेकी राज्यवाट भक्नतहरुको घुईचो लाग्ने गरेको छ ।

    हाल दैनिक १०००-१५०० श्रद्दालुहरु आउने गरेकोमा सोमवार शनीवार ७०००-८००० श्रद्दालुहरु आउने गरेको केदारनाथ मन्दिर संरक्षण समितीका सचिव कविराम थापा बताउनुहुन्छ । साथै ०६६ भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा भइसकेपछि, वर्षको ३ पटक वैशाख/जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा धार्मीक-पर्यटकहरुको भिड लाग्ने गरेको सचिव थापा बताउनुहुन्छ । गत बर्षको साउन महिना वाहेक अरु समयमा मात्रै ७०-७५ लाख मन्दीरको भेटी संकलन गरियको र साउन महिनामा मात्रै १ करोड पन्ध्र लाखबढी मन्दीरको भेटी संकलन गरिएको बताउनुहुन्छ सचिव थापा । भेटी संकलन वापतको रकम मन्दिर पुनर्निर्माणमा खर्च हुने र कर्मचारीको तलवभत्तामा खर्च हुने गरेको बताइन्छ । सचिव थापाका अनुसार, पुरोहित सरसफाईकर्मी गरेर ११ जना कर्मचारीले रोजगार पाएका छन यस पवित्रधाममा । २०० जना भन्दा बढीलाई निशुल्क सेवा दिन सक्ने धर्मशाला रहेको र धर्मशालाको सेवा लिने श्रद्दालुहरुमा धेरैजसो छिमेकी भारतका रहने गरेका छन ।

    बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer