• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

सुनको भन्सार घटाउनु पर्छ: महासंघ


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी भन्सारदर घटाउन माग गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थमन्त्रीकै कार्यकक्षमा भेट गर्दै भारत सरकारले बजेटमार्फत भन्सारदर घटाएपछि नेपालमा परेको प्रभावका विषयमा जानकारी गराउँदै नेपालमा पनि सोही अनुरूप हुने गरी भन्सारदर समायोजन गर्न माग गरेको हो । भारत सरकारले मंगलबार आफ्नो बजेटमार्फत् सुनचाँदीमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत् सुनको भन्सारदर बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

    Advertisement

    नेपाल र भारतबीच खुला सिमाना भएकाले दुई देशबीचको भन्सारदरबीच असन्तुलन हुँदा अवैध कारोबारले प्रोत्साहन पाउन सक्ने भन्दै नेपालमा हाल कायम रहेको भन्सारदर घटाई भारतीय बजारसँग नजिक हुने गरी समान गर्नुपर्ने महासंघको माग रहेको छ ।

    भारतले मंगलबार बजेटमार्फत् सुनचाँदीमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत् भन्सारदर बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

    महासंघले सुनको आयातमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरि हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरिमा जुनसुकै महिना पनि ल्याउन पाउनुपर्ने, सुनचाँदीको गरगहना आयातमा भएको व्यवस्था प्रभावकारी बनाइनुपर्ने, चाँदी आयात सीमा वृद्धि गरिनुपर्नेलगायत माग गरेको छ ।

    त्यस्तै कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लागू गरिएको सन्दर्भमा तयारी गहना आयातमा सोभन्दा बढी भन्सार लागू हुनुपर्नेमा सार्क राष्ट्रबाट आयात गर्दा ९.५ प्रतिशतमात्र कायम भएकाले अत्यधिक सुनका गहना आयात हुन सक्ने हुँदा एकातिर मुलुकमा न्यून भन्सार शुल्कबाट वार्षिक अर्बाैं रुपैयाँको क्षति हुन सक्ने र अर्काेतिर देशभित्र सुनचाँदी व्यवसाय क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष उपलब्ध गराएको लाखौंको रोजगारी धरापमा पर्ने भन्दै उक्त व्यवस्था पुनरवलोकन गरिनुपर्ने बताइएको छ ।

    त्यसैगरी कच्चा चाँदीमा १५ प्रतिशत भन्सारदर लागू हुँदा तयारी चाँदीका गहना आयात गर्दा सोभन्दा कम क्रमशः छ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्रभित्र वा बाहिरी राष्ट्र)बाट कायम भएकाले पनि राष्ट्रका लागि भन्सार आय र स्वदेशी कालीगढको रोजगारीमा बृहत् रूपमा नकारात्मक प्रभाव पार्ने भन्दै सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सारदर कायम गर्नुपर्ने व्यवसायीको भनाइ छ । साथै वर्तमान अवस्थामा बहुमूल्य वस्तुमा विलासी कर लगाउने व्यवस्था समय सान्दर्भिक नभएको पनि उनीहरूले बताएका छन् । अर्थमन्त्री पौडेलले व्यवसायीले राखेका मागलाई आफूले गम्भीर रूपमा लिएको जानकारी गराउँदै आवश्यक अध्ययनपछि उचित निर्णय लिइने आश्वासन दिनुभएको महासंघले जनाएको छ ।(हिमालय टाईम्स)

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer