• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ओझेलमा छन् विपतकाे जोखिम रोक्ने हाम्रा मौलिक संस्कृति


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्राकृतीक बिपत्तीको सुचना दिने वा रोक्ने हाम्रा मौलिक संस्कृतीहरु देशभर ओझेलमा पारिएका छन् । सुदूरपश्चिममा वर्षा ऋतुका बेला अपनाइने कतिपय चालचलन र मौलिक संस्कृतिले प्राकृतिक विपत् रोक्न सहयोग पु-याउँदै आएको छ ।

    Advertisement

    साउनमा घर लिपपोत गर्न माटो खन्ने चलन छैन, दाउराका लागि रुख काटिँदैन । उज्यालोका लागि देवालयमा बत्ती बाल्ने र जाग्राम बसेको सूचना दिन गाउँमा धुनी बालेर दमाहा बजाउने चलन छ ।

    साउनमा प्राणीको जीवन रक्षाका लागि मांसहार गरिँदैन । यो संस्कृति र चालचलन ओझेलमा पर्दै गएका छन् । वर्षा ऋतुमा प्राकृतिक विपत् निम्तिने कुनै पनि गतिविधि गर्न नहुने धार्मिक र सामाजिक मान्यता रहेको छ ।

    बनारसीधामका पुजारी पण्डित गणेशप्रसाद पन्तले साउन १ गते घरको मूलढोकामा हरेलो झिजरीकाँडा राखेर धार्मिक महिना सुरु हुने बताउनुहुन्छ । प्राकृतिक विपत् आउने भएकाले साउनलाई कालो महिना पनि भन्ने गरिन्छ ।

    “साउनमा माटो खन्दा भूक्षय हुन्छ भन्ने मान्यता छ । रुख काटे पहिरो जान्छ र पशुपन्छी हत्या गरी मासु खानु पाप मानिन्छ,” उहाँले भन्नुभयो, “साउनमा प्रकृतिको पूजा गर्ने, सबै प्राणीको रक्षा गर्ने, मन्दिर तथा घरमा दियो बाल्ने, दमाहा बजाएर जाग्राम बसेको सूचना दिने र साìिवक भोजन गर्ने रीतिरिवाज छ ।”

    घर लिपपोत गर्ने माटो र खाना पकाउने दाउराको जोहो वर्षा ऋतुअघि नै गर्ने चलन रहेको मेलौली मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताउनुभयो । साउन महिना लाग्नुअघि नै गाउँका मानिस घर लिपपोत गर्न टाढाबाट रातो माटोको जोहो गर्छन् । यहाँका अधिकांश गाउँमा बिजुली बत्ती पुगेको छैन । उज्यालोको पहँुचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बत्तीको निकै महìव छ । साउन महिनाभर बत्ती बाल्ने चलनले उज्यालो दिने गरेको छ ।

    साउनको अँध्यारो रातमा आगोको धुनी बालेर दमाहा बजाउने चलनले विपत्को समयमा अफ्ठ्यारो परेको सूचना आदानप्रदान हुने गरेको बताइन्छ । कुनै प्रकोप र विपत्ति आइपरे बाजा बजिरहेको ठाउँतिर खबर गर्न सजिलो हुने चलन रहेको बताइन्छ ।

    असारमा विकास, साउनमा पहिरो

    यहाँको सामाजिक र धार्मिक परम्परा एकातिर छ भने स्थानीय तह असारे विकासबाट मुक्त हुन सकेका छैनन् । आवको अन्तिममा ८० प्रतिशत बजेट सक्ने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    असारमा जथाभाबी डोजरले सडक खन्दा बाढीपहिरोको जोखिम बढ्दै गएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले तयार पारेको विपत् प्रतिकार्य योजना अनुसार बैतडीका चार वटा स्थानीय तह विपत्को उच्च जोखिममा छन् । स्थानीय तहले विपत् प्रतिकार्य सञ्चालन केन्द्र स्थापना गर्न सकेका छैनन् । विपत्सँग जुध्न स्थानीय कला, सिप, ज्ञान र रीतिरिवाज महìवपूर्ण पक्ष भए पनि यो विषयमा ध्यान दिन नसकेको नागरिक समाजका प्रतिनिधि कर्णदयाल सोडारीले बताउनुभयो ।

    आपत्कालीन केन्द्र अलपत्र

    सङ्घीय सरकारले विपत्सँग जुध्न स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँ रकम उपलब्ध गराउँदै आएको छ । यद्यपि यहाँको स्थानीय तहले पालिकास्तरीय विपत् प्रतिकार्य सञ्चालन केन्द्र स्थापना गर्न सकेका छैनन् ।

    असार अन्तिम साता आएको वर्षाले सेती नदीको बाढीबाट ६० परिवार प्रभावित, दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका गरी छ वटा घरमा बाढीपहिरोले क्षति गरेको छ । विभिन्न विपत्मा परी गएको तीन वर्षमा ४२ जनाको मृत्यु, १५० जना घाइते, ३० घर, १२ विद्यालय र एक प्रहरी चौकी गरी ४३ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

    प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला विपत् व्यवस्थापन समितिले विपत् प्रतिकार्य योजनाको नेतृत्व गर्ने व्यवस्था रहेको छ । आपत्कालीन अवस्थामा खोज, उद्धार तथा जनशक्ति परिचालन गर्न छुट्टै कोषको व्यवस्था नहुँदा विपत्सँग सामना गर्न कठिनाइ हुने गरेको छ ।(गोरखापत्रबाट)

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer