• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अत्यन्तै प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार, ५० हजार बढीले लिईसके सेवा


  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
  • कावासोती । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।

    Advertisement

    यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला अस्पतालमा निको नभएको रोग प्राकृतिक चिकित्सालयमा आएपश्चात निको भइरहेको सेवाग्राहीको भनाइ छ ।

    चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । गैडाकोट ३ का शिवकान्त तिवारी आजभोलि स्वास्थ्यमा केही समस्या देखियो भने प्राकृतिक चिकित्सालय आउनुहुन्छ । शरीरमा देखिने विविध समस्या देखिएपछि समाधानका लागि चार दिनसम्म चिकित्सालयमा बसेर उपचार गरी घर फर्किएको तिवारीले बताउनुभयो ।

    वर्षमा एक पटक उपचारका लागि रजहर आउने गरेको उहाँको भनाइ छ । यस्तै, चितवनका अनिल ढकाल पनि उपचारका लागि प्राकृतिक चिकित्सालयमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याले दैनिकीमा असर पारिरहेको थियो । यहाँ उपचार गरेपछि सहज भएको छ । हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ सिकें ।”

    चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले यस्ता रोगले ग्रस्त भएकालाई माटो दलेर गरिने उपचार निकै प्रभावकारी देखिएको बताउनुभयो । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्ने गरिएको उहाँको भनाइ छ । त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गर्दछ ।

    अस्पतालका व्यवस्थापक हरि सापकोटाले चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदैगएको बताउनुभयो । ५२ शैयाबाट सञ्चालन सुरु गरिएकोमा अहिले तीनसय शैयामा विस्तार गरिएको छ । सुरुवाती दिनमा खासै बिरामीको चासो र विश्वास नदेखिए पनि कोरोनापछिको समयमा विरामीको विश्वास बढ्नुका साथै अस्पतालमा चाप समेत बढेको सापकोटाको भनाइ छ ।

    २०६४ मा स्थापित चिकित्सालयमा हालसम्म उपचार गराउनेको संख्या ५० हजार नाघिसकेको छ । दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयमा हाल देशका विभिन्न स्थान बुटवल, पाल्पा अर्घाखाँची, नारायणगढ, चितवन, नवलपरासी, मकवानपुर, धादिड. लगायतका छिमेकी देश भारत र विदेशबाट विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् ।(गोरखापत्र)

    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer