काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम को क्लस्टर ६ अन्तर्गत रहेका २७ वढी क्लवहरुको सहभागितामा बृहत वृक्षारोपण सम्पन्न भएको छ । क्लस्टर चिफ देवेन्द्र सारु मगरको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम नागार्जुन नपा वार्ड न ६ मा पर्ने जयन्ती गाउमा रहेको स्थानीय फस्कु सामुदायीक वनमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्याल, डिस्ट्रिक्ट प्रथम महिला मैया अर्याल, पुर्व गभर्नर महेन्द्र पौडेल, लगायत डिस्ट्रिक्टका सिनियर लिडरहरु, धनीराम बराल, रत्न पराजुली, हरि चन्द्र तिवारी, माधव पाण्डे, वलराम सुवेदी, देवेन्द्र सारु मगर, कमल बहादुर खत्री, वृक्षारोपण चिफ मोती पोख्रेल लगायत क्लबका अध्यक्ष र अन्य पदाधिकारीहरुको वाक्लो उपस्थिती थियो ।
वृहत वृक्षारोपण कार्यक्रम साच्चै वृहत रहेकोमा आफुलाई निक्कै गौरव लागेको वताउदै डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले समाज सेवा संगसंगै वातावरणीय संरक्षणमा पनि हामी लायन्सहरु सक्रिय भएर लाग्नु पर्ने वताउदै, “मदर नेचर”को संरक्षण हाम्रो जिम्मेवारी र कर्तव्य रहेको बताउनु भयो । पुर्व गभर्नर महेन्द्र पौडेलले समाजमा वातावरणीय सन्तुलनका लागी वृक्षारोपण पहिलो र अनिवार्य सर्त वन्नु पर्ने वताउदै, हामी नेपाली लायन्सहरुले वृक्षारोपणको क्षेत्रमा महत्वपुर्ण योगदान गरेकोमा गर्व महसुस हुने गरेको बताउनु भयो ।
यसैगरी आजै डिष्ट्रिक्ट ३२५ एम अन्तर्गत क्लस्टर ४, रिजन ११ को ईन्डक्सन तथा ईन्स्टलेसन सम्पन्न भएको छ। साथै डिस्ट्रिक्ट ३२५ एमको यहि साउन २६ गते हुन गईरहेको पहिलो क्याविनेट बैठकको पुर्व तयारी भेला हिजो सम्पन्न भयो । बसुन्धराको दियालो फुडल्याण्डमा सम्पन्न उक्त दुवै कार्यक्रम डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । पुर्व तयारी बैठक संयोजक यमुना भण्डारीको अध्यक्षतामा र आजको ईन्स्टलेसन र ईन्डक्सन कार्यक्रम क्लस्टर चिफ राम चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने आजको कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लायन लिडरहरु धनीराम बराल, रत्न पराजुली, शिवराज आचार्य, तथा पुर्व गभर्नरहरु, भिमलाल पौड्याल, महेन्द्र पौडेल, गिरिधारी शर्मा लगायतको उपस्थिती रहेको थियो ।





