☰
आइतबार, मङि्सर ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

संगीत शिक्षाका लागि अब अस्ट्रेलिया जान पाइने


  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एक्सेलसिया कलेजबाट संगीत अध्ययनार्थ सहभागी हुन चाहने विद्यार्थीको सातौँ वार्षिक अडिसन सम्पन्न भएको छ । एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि सोमबार काठमाडौंमा सातौँ अडिसन सम्पन्न गरेको हो । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई असाधारण अवसर प्राप्त हुने कलेजका प्रतिनिधि बबी अब्राहिमले बताउनुभएको छ । एक सय २० विद्यार्थी सहभागी अडिसन कार्यक्रममा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कको पनि उपस्थिति रहेको थियो । उहाँले एक्सेलसिया कलेजले विगत सात वर्षदेखि आयोजना गरेको अडिसन साँच्चै लक्षित विद्यार्थीका लागि प्रभावकारी देखिएको बताउनुभयो ।

    Advertisement

    सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवद्र्धन गर्दै आएको छ । कलेजको मिसन नै प्यासनलाई पेशामा बदल्नु रहेको छ । एडुक्वेस्ट नेपालको सहकार्यमा सम्पन्न भएको सातौँ अडिसनका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गरेका थिए ।

    १८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थी अडिसनमा सहभागी भएका हुन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डु विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने थियो । अडिसनमा युवा कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्दै १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सफल भएका छन् ।

    कलेजले स्नातकमा तीन वर्षको १५ हजार र स्नातकोत्तरमा दुई वर्षको छ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति प्रदान गरेको छ । १२ कक्षा उत्तीर्णका हकमा संगीतको आधारभूत ज्ञान भएको हुनुपर्ने थियो भने ब्याण्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिने मापदण्ड रहेको थियो । व्यक्तिगत प्रस्तुकर्ता भने छुट्टै मूल्यांकनमा सहभागी भएका थिए ।(Himalya times)

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer