• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सात देशबाट एक वर्षमा नेपाल भित्रियो साढे ३ अर्बमाथिकाे विद्युतीय चुलो


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभित्रै विद्युतखपत बढाउने नेपाल सरकारको नीति अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

    Advertisement

    भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरु तथा नाम नखुलेको एक ठाउँबाट उक्त मूल्य बराबरका १ लाख ७२ हजार ११ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

    यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५० करोड ४८ लाख १० हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

    यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ ।

    विवरण अनुसार यो अवधिमा विश्वका ६ देश र नाम नखुलेको १ ठाउँबाट गरी नेपालमा २५ करोड ४ लाख ९८ हजार बराबरको १ लाख २० हजार ७१६ थान इण्डक्शन चुलो भित्रिएको छ ।

    यीमध्ये सबैभन्दा धेरै चीनबाट १९ करोड ४५ लाख १६ हजार बराबरको ९३ हजार २३० थान तथा भारतबाट ५ करोड ५९ लाख ५५ हजार बराबरको २७ हजार ४६७ थान आएको छ।

    यीबाहेक सिंगापुरबाट २० हजार बराबरको १३ थान, कतार र यूएईबाट समान २ २ थान तथा मलेशिया र नाम नखुलेको ठाउँबाट समान १ १ थान इण्डक्शन चुलो आएको पाइएको छ।

    यसैगरी इन्फ्रारेड चुलोहरु भने चीन र भारतबाटमात्र आएका छन्। जसमध्ये सबैभन्दा धेरै चीनबाट ७८ करोड ३० लाख ७० हजार बराबरको ४० हजार ३७८ तथा भारतबाट २२ करोड ३७ लाख १० हजार बराबरको ९ हजार ८३८ थान आएको तथ्याङ्क छ।

    यीबाहेक चीन, भारत, इटली, फ्रान्स तथा बेलायतबाट २६ लाख ६८ हजार बराबरको १ हजार ७९ थान अन्य विद्युतीय चुलोहरु आएका छन्। यी चुलोहरमा कुन कुन पर्छन् भन्ने खुलाइएको छैन ।

    यीमध्ये सबैभन्दा धेरै चीनबाट ५ लाख ३३ हजार बराबर ५६७ थान, भारतबाट ९ लाख ९१ हजार बराबर ४९८ थान र इटलीबाट १० लाख ८४ हजार बराबरको ९ थान आयात भएको छ। यसबाहेक बेलायतबाट २ हजार बराबरको ४ थान तथा फ्रान्सबाट ५८ हजार बराबरको १ थान यस्तो विद्युतीय चुलो आयात भएको तथ्याङ्कले देखाएको छ (Technology Khabar) ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer