• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिन्धुलीमा दस वटा पक्की पुल निर्माण सम्पन्न


  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

    Advertisement

    सो कार्यालयका अनुसार गत आव २०८०/८१ मा मात्रै तीन वटा पक्की पुल निर्माण सम्पन्न भयो । कमलामाई नगरपालिका–५ र ६ लाई जोड्ने ग्वाङ्खोला कारागार पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल र दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल सम्पन्न भएका हुन् ।

    कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त बजगाईंले बाँकी निर्माणाधीन हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल र सुनकोशी गाउँपालिका–७ को आरुबोटेखोला पुल चालु आव २०८१/८२ को असार मसान्तसम्म सकिने जानकारी दिनुभयो ।

    आव २०८०/८१ मा सम्पन्न तीन वटा पक्की पुलमध्ये ८० मिटर लम्बाइको क्यानखोला पुल आठ करोड ५३ लाख पाँच हजार पाँच सय रुपियाँ लागतमा रसुवा इलाइट जेभी निर्माण कम्पनीले सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि २०७७ असार २९ गते निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै ३० मिटर लम्बाइको ग्वाङखोला कारागार पुल पाँच करोड ४१ लाख ९५ हजार ७७५ रुपियाँको लागतमा केएस देवीरमण जेभीले निर्माण सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७५ भदौ २५ गते सम्झौता गरी काम सुरु गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल तामाङ मरिण कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन करोड ९६ लाख ८७ हजार रुपियाँको लागतमा सम्पन्न गरेको हो । उक्त पुल २०७९ असारमा सम्झौता गरी निर्माण सुरु गरिएको थियो । गत वर्ष असारसम्म सात वटा र यो वर्ष तीन वटा गरी हालसम्म १० वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भई सञ्चालन भएका अन्य पुलमा कमलामाई नगरपालिकाको मधुटार–ग्वाङखोला पुल, कमलामाई नगरपालिकाकै गँड्यौलीखोला पुल, तीनपाटन गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको वाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल हुन् । कमलामाई नगरपालिका–९ र १० जोड्ने कमला नदी पुल र कमलामाई नगरपालिकाकै लुङ्गेलीटार बौलाखोला पुल रहेका कार्यालयले जनाएको छ ।

    गत आव २०८०/८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरूमा छ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागिसकेको छ । ठेक्का लागेका नयाँ पक्की पुलमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोरखोला पुल, टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४ मा नै ग्वाङ्खोला पुल छन् । बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरू पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ । (गोरखापत्र )

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer