• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नयां कार्य सिद्दि र अधुरा कार्य पुरा गरिदिने कर्मप्रधान कार्य विनायकमा भक्तजनको घुईचो


  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत ललीतपुर जिल्लाको पुरानो गांउ बुङ्गमती र खोकनाको बीचमा रहेको सुन्दर जंगलको बिचमा पर्दछ कार्य विनायक मन्दिर । उपत्यकाका चार प्रसिद्ध गणेशमध्ये कार्य विनायक मन्दिर पनि एक हो । १३ सय वर्षभन्दा पुरानो मानिने ललितपुर बुङमतीको कार्यविनायकमा मानवनिर्मित मूर्ति छैन । हात्तीजस्तो प्राकृतिक प्रस्तरलाई नै कार्य विनायकको रूपमा पूजाआजा गर्ने चलन छ । त्यसैको माथि यी गणेशको मन्दिर निर्माण गरिएको हो । नयां कार्य सिद्दिका लागि र अधुरा कार्य पुर्ण रहोस भन्ने कामनाकासाथ श्री कार्य विनायकमा गणेशको पुजा-आराधना गरिन्छ ।

    Advertisement

    खास त व्यापारीको रक्षक देवताको रूपमा श्री कार्य विनायकमा गणेशलाई मान्ने पुरानो चलन रहेको पाइन्छ । “कार्य विनायक ” (कार्य = काम, विनायक = गणेश) काम गणेश = कामको भलो गर्ने गणेश रुपमा पनि बुझिन्छ। मानिसहरूले कुनै पनि नयाँ काम, परियोजना सुरु गर्नु अघि कार्य विनायकलाई पूजा गर्ने गर्दछ। विशेषत मंगलबार र शनिवारको दिनमा मन्दिरमा धेरै भक्तजन आउने गर्दछ भने यस दुई दिन लाई शुभ दिन रुपमा पनि मानिन्छ । उपत्यकामा चार प्रसिद्ध गणेशहरु रहेका छन् । ती चारमध्ये कार्य विनायक पनि एक हो । जो बुङ्गमती र खोकनाको बीचमा रहेको छ । नबनेका कार्य बनाइ दिने भएकाले यसलाई कार्य विनायक भनिएको हो । उपत्यकावासीले कार्य विनायकलाई अत्यन्तै श्रद्धापूर्वक परापूर्वक कालदेखि नै मान्दै आएका छन् ।

    नयां कार्य सिद्दिका लागि र अधुरा कार्य पुर्णको लागी भक्तजनहरुले कार्य विनायकमा गणेशको पुजा-आजा गर्ने गरेका छन । कार्य विनायकलाई व्यापारीहरुको रक्षक देवता पनि भनिन्छ । नेवार समुदायका व्यापारीहरुले मंगलबारका दिन लड्डु, तील, दुबोले पूजा गर्ने गर्दछन् । नेपाली हिन्दुहरुका लागी यो पवित्र तीर्थस्थलको रुपमा परिचित छ । मंगलबार कार्य विनायकको दर्शन गर्दा पूर्ण नभएका कामहरु पूर्ण हुने हुनाले मन्दिरमा भिड लाग्ने गरेको बताईन्छ ।

    ललीतपुरमा प्राकृतीक सुन्दरताले भरीपुर्ण सुन्दर जंगलको बिचमा रहेको कार्य विनायकमा गणेशको पुजा-आजा गर्न हरेक दिन भक्तजनहरुको भिड लाग्ने गर्दछ भने यहां हरेक मंगलवार र शनिवार बिशेष भिड लाग्ने गर्दछ । कार्यविनायक मन्दिर पुजारी संघका अध्यक्ष धन शाक्यका अनुसार यहां हरेक मंगलवार र शनिवार हजारौंका संख्यामा भक्तजनहरु आउने र अझै भक्तजनहरुको बिशेष उपस्थिती माघ महिनाको मंगलवार हुने गरेको अध्यक्ष शाक्य बताउनुहुन्छ ।

    कार्य विनायकलाई कर्मप्रधान देवताका रूपमा पनि मान्ने चलन रहेको पाइन्छ । कार्य शब्दले कर्म अर्थात् कामलाई बुझाउँछ । विनायक शब्दले गणेश भन्ने बुझाउँछ । विनायक भगवान गणेशको हजार नाममध्ये एक नाम हो । तसर्थ कार्य विनायकलाई कर्म प्रधान देवता भनेर सम्मान गरिएको हो । हरेक कर्मको शुभारम्भ गर्दा सर्वप्रथम गणेश भगवानलाई सम्झने र पूजा गर्ने हिन्दु परम्परा रहदै आएको छ ।

    श्री कार्य विनायक
    बुङमती स्थित कार्य विनायक काठमाडौं उपत्यकाको ४ मुख्य विनायकमा एक हुन् । कार्य विनायकको दर्शन मात्रले हरेक कार्यमा सफलता प्राप्त हुने र नयाँ कार्यको शुभ प्रारम्भ हुने जन विश्वास रहिआएको छ। श्री पद्मपानी लोकेश्वर अर्थात करुणामयलाई काठमाडौं ल्याउनका लागि यात्रा गर्नु अधि श्री कार्य विनायकको दर्शन गरेको भन्ने विश्वास छ। हरेक मंगलवार र शनिवार याहा भक्तजनको भिड लाग्ने गर्छ। हरेक मंगलवार चाँदीको मुर्ती राख्ने गरिन्छ भने वर्षमा एक पल्ट भने सुनको मुर्ति राखि सरकारी पुजा लिने गरिन्छ।

    सम्पदा जोगाउने कर्म र दानधर्ममा विश्वास राख्नेहरुले १३ सय वर्षभन्दा पुरानो मानिने ललितपुर बुङमतीको कार्यविनायकमा सुनको छाना र गजुरका लागि सहयोग गरेका छन् । जसमा समाजसेवामा समेत सक्रिय गायक तथा संगीतकार योगेश्वर अमात्यले सुनको छाना र गजुरका लागि आवश्यक सुन बराबरको रकम सहयोग गरेका थिए । तेति बेलाको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रूपैयाँ बराबर थियो ।

    ‘हामीले कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरेका थियौँ। योगेश्वर अमात्य दाइले पनि मन्दिरमा आउँदा सहयोगको अपिल पढेर नै सहयोग गर्नुभएको हो’, कार्यविनायक मन्दिर पुजारी संघले बताएको छ ।

    कार्यविनायक मन्दिरमा पुजा‍-आजाको लागी मुल नौं पुजारी संघ रहेको छ । जसमा उहांहरुको हरेक एक-एक बर्षमा पालो आउने गरेको छ । हरेक बर्ष घोडेजात्राको भोलीपल्ट यहां पुजारीको पालो फेरिने परम्परा रहेको अध्यक्ष शाक्य बताउनुहुन्छ । परापुर्वकालमा  काठमाडौं उपत्यकामा १२ वर्ष पानी नपरेपछी श्री कार्य विनायकमा गणेशको पुजा-आराधना पश्चात पानी परेको पुरानो किंवदन्ती रहेको अध्यक्ष शाक्य बताउनुहुन्छ ।

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer