काठमाडौं । श्रावण महिना शिवको महिना शिवको महिमा व्यापक हुने महिना । यस महिनामा देशभरको शिवालयहरुमा भक्तजनको व्यापक उपस्थिती रहने गरेको छ । त्यसमाथी झन श्रावण महिनाको सोमवार विशाल पर्व जस्तै हुने गरेको छ, हाम्रो समाजमा । बिशेष पर्व स्वरुप शिवालयहरुमा भक्तजनहरु भगवान शिवको पुजा आराधनाको लागी पुग्ने गरेका छन ।
यस्तैमा भगवान केदारनाथको शीर भनेर परिचित प्रशिद्द डोलेश्वर तिर्थस्थलमा तिस हजार भन्दा बढीको उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितीका सचिव कविराम थापा बताउनुहुन्छ । उहां भन्नुहुन्छ, “श्रावणको पहिलो सोमवार २५ हजार भक्तजनले डोलेश्वर धामको दर्शन गरेकोमा यो दोस्रो सोमवार अझै बढी तिस हजार भन्दा बढीको उपस्थिती रहेको थियो” । मन्दिर संरक्षण समितीबाट स्वंय सेवक खटाई हरेक लाईनमा बस्ने भक्तजनका लागी कुपन नं समेत उपलब्ध गराईएकोले मन्दिर दर्शनका लागी निक्कै सरल र सहज भएको दर्शनार्थी दिपेन्द्र विर शाहीले वताउनु भयो । शाहि भन्नुहुन्छ, “यत्तिको व्यवस्थित होला भन्ने हामिले सोचेका थिएनौ, तर सोचे भन्दा पनि निक्कै व्यवस्थित रहेछ” ।
यस्तै भक्तपुर र काभ्रे जिल्लाको सिमानामा रहेको आशापुरी महादेवमा पनि श्रावण महिनाको दोस्रो सोमवार भक्तजनहरुको विशाल उपस्थिती रहेको संरक्षण समितीका सचिव लोकनाथ सापकोटा वताउनुहुन्छ । पहिलो सोमवारको तुलनामा दोस्रो सोमवार भक्तजनको उपस्थिती निक्कै बढी रहेको बताउदै उहां भन्नुहुन्छ, “एकिन त छैन तर आज आशापुरी महादेवको दर्शन गर्ने भक्तजनहरु २२ हजार माथी रहेको अनुमान गर्न सकिन्छ”। डोलेश्वर महादेवबाट पुर्व तर्फ रहेको आशापुरी महादेव मन्दिर परिसर निक्कै रमणिय स्थानमा रहेको छ ।आशापुरी महादेव मन्दिरको दर्शन पहिलो पटक गर्नु भएका कमल बहादुर खत्री भन्नुहुन्छ, ” आफुले आशापुरी महादेव मन्दिरको बारेमा धेरै अगाडी सुनेको र आज भगवानको दर्शन गर्ने अवसर प्राप्त भएकोमा निक्कै खुशी लागेको बताउदै, यत्रो भिडका बाबजुद पनि लाईन व्यवस्थित गराई दर्शनार्थीहरुलाई भगवानको दिव्य दर्शनका लागी सरल र सहज व्यवस्था मिलाएकोमा आफुलाई निक्कै खुशी लागेको बताउनुहुन्छ” ।
यता पुर्वको पशुपतीनाथ भनेर चिनिने खोटाङ हलेसी महादेवमा पनि हजारौ श्रद्दालुहरुको उपस्थिती रहेको संरक्षण समितीका अध्यक्ष गजुरमान राई बताउनुहुन्छ । “वर्षातको मौषम, वाटोघाटोको असुबिधा, खेति किसानीको समय भएर अझै सोचेजस्तो भक्तजनहरुको उपस्थिती हुन नसकेको बताउदै अध्यक्ष राई बताउनुहुन्छ,”प्रतिकुल मौषम हुदाका बखत पनि यसरी हजारौ भक्तजनहरुको उपस्थिती हुनुले पनि भगवान प्रतिको आस्था तथा विश्वास दिनदिनै बढ्दै गएको छ”। अघिल्लो सोमवारको तुलनामा यो दोस्रो सोमवार दर्शनार्थीहरुको उपस्थिती उल्लेख्य रहेको अध्यक्ष राई बताउनुहुन्छ ।
यस्तै गुल्मी जिल्लामा रहेको पवित्र तिर्थस्थलमा पनि यो श्रावण महिनामा भक्तजनको विशेष उपस्थिती रहेको संचालक समितीका सदस्य रामचन्द्र पन्थी वताउनुहुन्छ । श्रावण महिना भगवान शिवको बिशेष महिना रहेको यसमा पनि सोमवार भगवान शिवको जन्मवार विशेष रहेकोले अरु दिनको तुलनामा भक्तजनको विशेष उपस्थिती रहने गरेको बताउदै, सदस्य पन्थी भन्नुहुन्छ, पहिलो सोमवारको तुलनामा दोस्रो सोमवार दर्शनार्थीहरुको उपस्थिती निक्कै धेरै रहेको थियो । साथै श्रावण महिना विशेष महिना र शिव महिमाको महिना रहेकोले यहि श्रावण २६ गते देखि भार्द्र १ गतेसम्म विशाल यज्ञ/ सप्ताह लगाउन लागिएको बताउदै सदस्य पन्थी सम्पुर्ण भक्तजनहरुलाई निम्ता गर्दै, यो शुभ समयमा गुल्मी जिल्लाको भ्रमण गर्न र सप्ताह महायज्ञमा सरिक हुन आव्हान समेत गर्नुहुन्छ ।
यस्तै उता अर्धाखाचीको प्रसिद्र धार्मिक स्थल सुपा देउरालीमा मां भगवतीको दर्शन गर्ने भक्तजनहरु दिनप्रतिदिन बढ्दै गएको समितीका सचिव हरि खनाल वताउनुहुन्छ । वर्षातको समयका बाबजुध पनि दैनिक हजारौ भक्तजनहरु सुपा देउराली दर्शन गर्न आउने गरेको समितीका सचिव बताउनुहुन्छ । साथै गत असार महिनामा भक्तजनहरुबाट १२ लाख भन्दा बढि भेटी संकलन भएको समितीका सचिव खनाल बताउनुहुन्छ ।
यस्तै पोखराको धार्मिक तथा पर्यटकिय स्थल ठुला महादेव पुम्दी-भुम्दिमा श्रावण महिनाको दोस्रो सोमवार विस हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती रहेको मन्दिरका मुल पुजारी भरत गुरु बताउनुहुन्छ । “मन्दिर दर्शनार्थीहरु अघिल्लो सोमवार १५ हजारको हाराहारी रहेकोमा यो दोस्रो सोमवार २० हजार बढीको उपस्थिती रहेको थियो, भन्दै पुजारी भन्नुहुन्छ सामान्य दिनहरुमा पनि २/३ हजारको उपस्थिती रहने गरेको छ ।
यता हिजो सोमवारकै दिन देशकै गौरब श्री पशुपतीनाथको दर्शन गर्न जाने भक्तजनहरु लाखौको संख्यामा पुगेको मन्दिर व्यव्स्थापन समितीले जनाएको छ ।





