काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ मा मंगलबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले गोलको वर्षाका साथ फराकिलो जित दर्ता गरेका छन् ।
दिनको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेड माथि ४-२ को जित हात पारेको हो । जावलाखेलका लागि विवश दर्लामीले ह्याट्रिक पूरा गरे । प्रशान्त तामाङले एक गोल गरे । चर्च ब्वाइजका लागि अमन बहादुर तामाङ र पासाङ लामाले गोल गरेका थिए ।
जित पछि जावलाखेलको ५ खेलमा ५ अंक पुगेको छ । चर्च ब्वाइजको ५ खेलमा ७ अंक छ ।
दिनको दोस्रो खेलमा पुलिसले सातदोबाटो युथ क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्यो । पुलिसका लागि सुबाश बम र विक्रम गौतमले समान २ गोल गरे ।
यस्तै सजन राज गौतम र गणेश पुलामी मगरले समान गोल गरे । सातदोबाटोका लागि खेलको अन्तिम समयमा निष्पक्ष बरालले १ गोल फर्काएका थिए ।
जित पछि पुलिस ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले भने ५ खेलमा ४ अंक छ ।(हाम्रो खेलकुद)




