काठमाडौं । हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग हो मुटु । शरीरमा धेरै अङ्गहरू दुई वटा भएपनि मुटु एउटा मात्रै हुन्छ । तर हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ ।
प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।
कसरी बच्ने ?
चुरोट सुर्ती सेवन नगरौँ । चुरोट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । याे मुटुरोगको दोस्रो ठूलो कारण हो।
घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
सकारात्मक व्यक्तित्वको निर्माण गरौँ। यसबाट तनाव कम हुन्छ।
वर्षमा केही नभए पनि एक पटक स्वास्थ्य परीक्षण गराउने गरौँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ। (जोय नेपाल)




