• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राप्ती नदीको कटानका कारण हजारौँ परिवार डुबानको जोखिममा


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकोले ठुलो विपत्ति निम्त्याउने आशङ्का व्यक्त गर्नुभएको छ।

    Advertisement

    उहाँले सो ठाउँमा नदीले अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएकोमा दुई पालिकाका दर्जन बढी गाउँका ६० हजार जनता डुबान र बाढीको उच्च जोखिममा रहेको बताउनुभयो।

    सो ठाउँको पटकपटक स्थलगत अनुगमन गर्नुभएका प्रजिअ रिजालले अहिले ठुलो वर्षा भएकोले नदीले कटान गरेर खेती योग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको बताउनुभयो। प्रजिअ रिजालले थप्नुभयो–‘राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम सुरु गर्न आवश्यक भएकोले निरन्तर पहल गरिरहेको छु।’

    नदीमा तटबन्धको काम जनताको तटबन्ध कार्यक्रम मार्फत हुने भएकाले कार्यालय प्रमुख सहित यसअघि नै निरीक्षण समेत भैसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गत जेठ २५ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले सम्बन्धित सबै निकायलाई त्यहाँको जोखिम बारे जानकारी गराएको थियो।

    हालसम्म बजेट प्राप्त नभएपछि फेरि सो ठाउँको स्थलगत अनुगमन गरी पूर्वतयारी र पुनर्निर्माण पुनः ध्यानाकर्षण गराएको जनाउँदै प्रमुख जिल्ला अधिकारी रिजालले हालको बाँध भत्किएमा राप्तीसोनारी र नरैनापुरका कैयन बस्तीहरू र हजारौँ विगाह जग्गा जोखिममा पर्ने निश्चित भएको बताउनुभयो।

    यसैबिच तटबन्धको विषयलाई लिएर एमालेका नेताहरूले मंगलबार काठमाडौँमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई जानकारी गराउनुभएको छ।

    बाँकेकी सङ्घीय सांसद दिपा शर्मा सहित प्राधिकरण प्रमुखलाई भेट्न पुग्नुभएका एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले तटबन्धका लागि तत्काल केही गर्न आग्रह गरिएको बताउनुभयो।

    बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य प्रकाश ढकालले प्रतिनिधिसभामा पनि सो विषय उठाउँदै तत्काल बजेटको व्यवस्था गरेर तटबन्ध निर्माण गरी कटान रोक्न सरकारलाई दबाब दिनुभएको सांसद ढकालले बताउनुभयो।

    अहिले राप्ती नदीमा पानीको बहाव धेरै बढी सकेको र भत्किएको तटबन्ध काटेर नदी गाउँहरूतिर पस्ने अवस्थामा रहेकोले सो क्षेत्रका सर्वसाधारण डर र त्रासमा रातदिन बिताउन बाध्य छन्।(गोरखापत्र)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer