• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकार र मिडियाको सम्बन्ध जीवन्त र घनिष्ठ हुन्छ, सरकारले मिडियालाई कमजोर हुन दिँदैन: उपप्रधानमन्त्री पौडेल


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

    Advertisement

    मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रूपमा लिने पनि बताउनुभयो।

    उहाँले सरकार र मिडियाको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाएर लैजाने बताउनुभयो। उहाँले सरकारकारप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताउनुभयो। लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गर्नुभयो।

    सापेक्षिक रूपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रूपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्‍याउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो। स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘हाम्रो सामर्थ्य, हाम्रो पहुँच, हाम्रो दायरा भन्दा बाहिर परिस्थिति काबु भन्दा पर पुग्यो भन्ने नठान्नु होला। जरुर यहाँहरू समस्यामा हुनुहुन्छ। समस्या गम्भीर प्रकृतिका पनि छन्। तर समाधानको दायरा भन्दा बाहिर छैन। काबु भन्दा बाहिर परिस्थिति गइसकेको छैन। सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन। यति चाहिँ दाबीका साथ भन्छु। यहाँहरूले उठाएका मुद्दालाई व्यवस्थित रूपमा हेर्नेछु। सरकार र मिडियाको सम्बन्ध, राजनीतिक दलसँगको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन। राजनीतिक दल र मिडिया, सरकार र मिडियाबिचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ठ बनाएर लैजाऔँ। सरकारकारप्रति आलोचनाको हकलाई भने कुनै हिसाबले कमजोर हुनु हुँदैन। रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ।’’

    उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो। उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामर्थ्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताउनुभयो। उहाँले गतिशील र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौती रहेको बताउनुभयो।(गोरखापत्र)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer