• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिथिला क्षेत्रमा मिथिला संस्कार र संस्कृतिलाई जीवन्त राख्ने पर्व ‘मधुश्रावनी’ मनाईदै


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • जनकपुरधाम । मिथिला क्षेत्रको अन्य पर्वझै ‘मधुश्रावनी’ पर्व पनि एक महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । यस पर्वले मिथिला क्षेत्रको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । विवाहित महिलालाई जिउने तरिका सिकाउँछ यस पर्वले ।

    Advertisement

    साउन कृष्ण पञ्चमीदेखि शुक्लपक्ष तृतीया २३ सम्म मनाईन्छ यो पर्व । यो पर्व १३ दिनसम्म विभिन्न देवी देउताको पूजाआजा गर्दै मनाइन्छ ।

    मिथिला क्षेत्रका नवविवाहिता महिलाले १३ दिनसम्म मनाउने मधुश्रावनी पर्व विवाह भएको प्रथम वर्ष साउन कृष्णपक्ष पञ्चमीदेखि साउन कृष्णपक्षदेखि तृतीयासम्म विधिपूर्वक विभिन्न देवी देउताको पूजा गरेर मनाउने गरिन्छ । दुई सातासम्म मनाइने मधुश्रावनी पर्वले जनकपुरधामलगायत मिथिला क्षेत्रमा उल्लास छाएको छ ।

    प्रत्येक दिन नवविवाहिता महिला साथीसङ्गीसँग मिलेर थरीथरी तथा फूलका पातहरू टिप्ने गर्छन्, जसलाई ‘फुल लोढी’ पनि भनिन्छ । टिपेको फुल बाँसको डालोमा सजाएर मन्दिरमा गएर गीत गाउँदै पूजा गर्ने परम्परा रहेको छ ।

    दाम्पत्य जीवनलाई सुखमय बनाउन र पतिको दीर्घायुको कामनाका साथ अराध्यदेव महादेवकी अर्धाङ्गिनी गौरीको विशेष पूजा हुने गर्दछ । यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनु नै हो । यसमा पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाइँको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारिवारिक दायित्व साथै पतिव्रतलगायतका विषयमा जानकारी गराइन्छ ।

    धार्मिक ग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरूप पारिवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालिम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।

    यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउँदै उदाहरणसहित कथा सुनाउने गरेको मैथिली साहित्यकार पुनम झा (मैथिली) बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ मिथिलाको संस्कृति हो, यसमा महिलालाई ससुरालमा बाँच्ने तरिका सिकाइन्छ, यस पर्वले महिलालाई ससुराली जीवनको बारे शिक्षा दिने गर्दछ, त्यसकारण यो पर्व महत्त्वपूर्ण छ ।”

    मिथिलाको संस्कृतिसँग जोडिएको यस पर्वमा सहभागी हुन उत्सुक जनकपुरधामकी कन्चन मिश्रा झा भन्नुहुन्छ, “हाम्रा पुर्खाहरूले मान्दै आएको पर्व हो, हामीले पनि मान्नुपर्छ, यसले मिथिला संकृतिलाई जीवन्त राखेको छ, यसमा महिलालाई ससुरालीका बारेमा शिक्षा दिने गर्दछ र १३ दिनसम्म मनाइने यस पर्वमा साथीसँगीसँग भेटघाट हुन्छ रमाइलो हुन्छ ।”

    पर्वको पहिलो दिन नवविवाहितले विसहराको जन्मको कथा सुन्ने गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि पाँच बहिनी नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गरिन्छ । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।

    त्यसपछि, चौथो दिन सतीको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारिवारिक कथा, छैटौँ दिन गङ्गाको कथा, गौरी जन्म, सातौँ दिन गौरीको तपस्या र आठौँ दिन गौरीको विवाहको कथा सुनाइन्छ ।

    त्यसैगरी नवौँ दिनमा गौरीकी माता मैनाको मोह भङ्गको कथा, दसौँ दिन कात्तिक र गणेशको जन्म, एघाराैँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याको कथा, बाह्रौ दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन अर्थात् पर्वको अन्तिम दिन गणेशको कथा र टेमी (नवविवाहिता महिलाको घुँडामा दियो बालेर निभाउने) दिने परम्परा छ । टेमीको रूपमा आजकाल भने शीतल टेमी पनि दिने गरिन्छ, जसले गर्दा महिलालाई कुनै जलन हुँदैन ।

    मधुश्रावनी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई परिवारका ठुला बडाले मन्त्र पढेर चुमान (आशीर्वाद) दिएपछि विधिवतरुपमा सम्पन्न हुन्छ मधुश्रावनी पर्व ।

    पर्व मनाउनका लागि नवविवाहितको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्रीमा नयाँ वस्त्र, चामल, मिठाइ, बदमलगायत पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रूपमा पठाउने गरिन्छ ।

    यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गर्छन् । यसै अवसरमा संस्कृति संरक्षण गर्ने उद्देश्यले सखी बहिनपा समूह जनकपुरधामले शनिबार जानकी मन्दिर परिसरमा नवविवाहितालाई सौभाग्यको आशीषसँगै सम्मान गरेको थियो । उक्त कार्यक्रममा धनुषा र महोत्तरीका ८५ जना नवविवाहिता महिलाको सहभागिता रहेको थियो । समूहले विगत ती वर्षदेखि जानकी मन्दिरमा मधुश्रावनी विशेष कार्यक्रम गर्दै आइरहेको छ ।(गोरखापत्र)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer