☰
शुक्रबार, कार्तिक १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विज्ञापन एजेन्सी भि-चित्र भारतमा पुरस्कृत


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली विज्ञापन एजेन्सीहरूले आफ्ना सिर्जनात्मक कामबाट विश्वव्यापी मञ्चमा उल्लेखनीय छाप छोडिरहेका छन् । सोही क्रममा रुरल मार्केटिङ एसोसिएसन अफ इण्डियाद्वारा हालै भारतमा आयोजित ‘फ्लेम अवार्ड२०२४’ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी ‘भि–चित्र’ले दुई स्वर्ण र एक रजत पुरस्कार प्राप्त गरेको छ । भि-चित्रले नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइका लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाहसम्बन्धी ब्राण्ड ‘लिभोन’का लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो । साथै भि-चित्रले लिभोन प्रोफेसनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको छ ।

    Advertisement

    भि–चित्र डिजिटल मिडिया र कन्टेन्टस्ट्राटेजी प्रमुख रसना डंगोलले भन्नुभयो, ‘नेपाली उपभोक्ताको दृष्टिकोण टेक्नोलोजीको वृद्धि र परिवर्तनशील मार्केटिङ परिदृश्य साथ विकसित भइरहेको छ । प्रगतिशील समाज र उपभोक्तासँग अनुकूलन हुने गरी लिभोनले समाजको हितमा चालेका कदममा ब्राण्डको छवि प्रतिबिम्बित भएको छ । सौन्दर्य र व्यक्तिगत हेरचाह क्षेत्रमा सबैभन्दा कम प्रतिनिधित्व गर्ने क्षेत्रमा लिभोनले लिएको पहल सराहनीय छ र यसले लिभोनलाई एक आधुनिक ब्राण्डका रूपमा स्थापित गरेको छ । यसै सन्दर्भमा लिभोनले दीप्ति र सुप्रिताको कथा प्रस्तुत गरेको थियो, जो नेपालमा आधिकारिक रूपमा विवाह गर्ने पहिलो समलैंगिक जोडी हुन् । उनीहरूलाई उनीहरूको मौलिक रंग अक्षुण्ण राख्न प्रोत्साहित गर्दै लिभोनले समाज परिवर्तनको यात्रामा एक साहसिक कदम चालेको छ । यसबीचमा लिभोन प्रोफेसनलसिरम अभियानले आफ्नो कामका लागि परिचित सौन्दर्य स्टाइलिस्टसमेत ल्याएको छ, जसले ब्राण्डप्रतिको विश्वास अझ गाढा बनाउन र आफ्ना शुभचिन्तकलाई उनीहरूसँग सिधै सम्पर्क स्थापित गर्न सहयोग गरेको छ ।’ भि-चित्रका ग्राहक सम्बद्ध प्रमुख अनुपम श्रेष्ठले भन्नुभयो, ‘विज्ञापनले पुस्ताहरू जोड्छ । हामी सबैको मनमा वाइवाई, यसैको एउटा प्रमुख उदाहरण हो ।’ सन् २००० मा सुरु भएको वाइवाइ नेपालकै लोकप्रिय ब्राण्ड हो तर पनि पुस्तान्तरणसँगै ग्राहकसँग सम्बन्ध बनाइराख्नु उत्तिकै जरुरी हुन्छ । सन् २००० को प्रारम्भमा सुरु गरिएको मौलिक अभियान ‘हामी सबैको वाइवाइ’ ले गहिरो रूपमा सबैको मनमा प्रतिध्वनित गरेको हुनाले आज पनि हामी पुराना र नयाँ दुवै दर्शक जोड्ने कुरा सिर्जना गर्न, दुवैसँग भावनात्मक सम्बन्ध र संलग्नता कायम गर्न स्थापित परिचयको लाभ लिँदै पुराना भावनामा आधुनिक टच मिसाउँछौँ ।’(हिमालय टाईम्स)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer