• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

विज्ञापन एजेन्सी भि-चित्र भारतमा पुरस्कृत


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली विज्ञापन एजेन्सीहरूले आफ्ना सिर्जनात्मक कामबाट विश्वव्यापी मञ्चमा उल्लेखनीय छाप छोडिरहेका छन् । सोही क्रममा रुरल मार्केटिङ एसोसिएसन अफ इण्डियाद्वारा हालै भारतमा आयोजित ‘फ्लेम अवार्ड२०२४’ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी ‘भि–चित्र’ले दुई स्वर्ण र एक रजत पुरस्कार प्राप्त गरेको छ । भि-चित्रले नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइका लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाहसम्बन्धी ब्राण्ड ‘लिभोन’का लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो । साथै भि-चित्रले लिभोन प्रोफेसनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको छ ।

    Advertisement

    भि–चित्र डिजिटल मिडिया र कन्टेन्टस्ट्राटेजी प्रमुख रसना डंगोलले भन्नुभयो, ‘नेपाली उपभोक्ताको दृष्टिकोण टेक्नोलोजीको वृद्धि र परिवर्तनशील मार्केटिङ परिदृश्य साथ विकसित भइरहेको छ । प्रगतिशील समाज र उपभोक्तासँग अनुकूलन हुने गरी लिभोनले समाजको हितमा चालेका कदममा ब्राण्डको छवि प्रतिबिम्बित भएको छ । सौन्दर्य र व्यक्तिगत हेरचाह क्षेत्रमा सबैभन्दा कम प्रतिनिधित्व गर्ने क्षेत्रमा लिभोनले लिएको पहल सराहनीय छ र यसले लिभोनलाई एक आधुनिक ब्राण्डका रूपमा स्थापित गरेको छ । यसै सन्दर्भमा लिभोनले दीप्ति र सुप्रिताको कथा प्रस्तुत गरेको थियो, जो नेपालमा आधिकारिक रूपमा विवाह गर्ने पहिलो समलैंगिक जोडी हुन् । उनीहरूलाई उनीहरूको मौलिक रंग अक्षुण्ण राख्न प्रोत्साहित गर्दै लिभोनले समाज परिवर्तनको यात्रामा एक साहसिक कदम चालेको छ । यसबीचमा लिभोन प्रोफेसनलसिरम अभियानले आफ्नो कामका लागि परिचित सौन्दर्य स्टाइलिस्टसमेत ल्याएको छ, जसले ब्राण्डप्रतिको विश्वास अझ गाढा बनाउन र आफ्ना शुभचिन्तकलाई उनीहरूसँग सिधै सम्पर्क स्थापित गर्न सहयोग गरेको छ ।’ भि-चित्रका ग्राहक सम्बद्ध प्रमुख अनुपम श्रेष्ठले भन्नुभयो, ‘विज्ञापनले पुस्ताहरू जोड्छ । हामी सबैको मनमा वाइवाई, यसैको एउटा प्रमुख उदाहरण हो ।’ सन् २००० मा सुरु भएको वाइवाइ नेपालकै लोकप्रिय ब्राण्ड हो तर पनि पुस्तान्तरणसँगै ग्राहकसँग सम्बन्ध बनाइराख्नु उत्तिकै जरुरी हुन्छ । सन् २००० को प्रारम्भमा सुरु गरिएको मौलिक अभियान ‘हामी सबैको वाइवाइ’ ले गहिरो रूपमा सबैको मनमा प्रतिध्वनित गरेको हुनाले आज पनि हामी पुराना र नयाँ दुवै दर्शक जोड्ने कुरा सिर्जना गर्न, दुवैसँग भावनात्मक सम्बन्ध र संलग्नता कायम गर्न स्थापित परिचयको लाभ लिँदै पुराना भावनामा आधुनिक टच मिसाउँछौँ ।’(हिमालय टाईम्स)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer