• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

मोबाइल तात्ने समस्या छ ? त्यसो भए यसो गरौं


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । गर्मी बढेसँगै स्माटृफोन तात्ने समय पनि देखिन थालेको छ। गर्मी मौसममा फोनमा गेम खेल्दा वा लामो समय नेट तथा एपहरु चलाउँदा अन्य समयको तुलनामा छिटो तात्ने गर्छ।

    Advertisement

    यसो हुनुलाई धेरैले सामान्य रुपमा लिने गरेका छन्।

    गर्मी महिनामा बाहिरी तापक्रमले पनि यसलाई प्रभाव पार्न सक्छ। गर्मी बढ्दै जाँदा फोन तात्ने समस्यालाई नजरअन्दाज गर्नु हानीकारक सावित हुन सक्छ। यदि तपाईको फोन पनि तातिरहेको छ भने तल उल्लेखित केही टिप्सहरु पालना गर्नु फाइदाजनक हुन सक्छ।

    फुल चार्ज नगर्नुहोस्

    स्मार्टफोनलाई कहिले पनि फुल चार्ज गर्नु हुँदैन। मोबाइललाई ९० प्रतिशत हाराहारी चार्ज भएपछि बन्द गरिदिनु पर्छ। यस्तै ब्याट्री घटेर २० प्रतिशतभन्दा तल जान दिनु हुदैन। त्यसो हुनासाथ चार्जमा राखिदिनुपर्छ।

    फोन चार्ज गर्ने तरिका

    मोबाइल चलाउनेहरुको बानी फोनलाई राति चार्जमा राख्ने र निद्रा खुलेपछि बन्द गर्ने हुन्छ। यस्तो अवस्थामा मोबाइल रातभर नै पनि चार्जमा बस्न सक्छ। यसैगरी ओछ्यान, तकिया वा गद्दामा राखेर पनि फोनलाई चार्ज गर्नुहुँदैन।

    चार्जका बेला ब्याट्रीबाट निस्किने तातो कपडा भित्रै बस्छ। यसले ओभरहिटका कारण फोनमा आगलागी हुने र ब्याट्री पड्किने कारण पनि बन्न सक्छ।

    ओरिजनल चार्जर तथा यूएसबी मात्र प्रयोग गर्नुहोस्

    स्मार्टफोनसँगै आउने चार्जर तथा यूएसबी बिग्रिएपछि हामी ओरिजिनल सामानको सट्टा सामान्य सामान प्रयोग गर्न थाल्छौं।

    तर सस्ता सामानले डिभाइसहरुलाई बिगार्छन्। यिनीहरुले मोबाइल तताउने तथा विस्फोटको समस्या पनि ल्याउन सक्छ।

    ओरिजनल चार्जर तथा यूएसबी मात्र प्रयोग गर्नुहोस्

    स्मार्टफोनसँगै आउने चार्जर तथा यूएसबी बिग्रिएपछि हामी ओरिजिनल सामानको सट्टा सामान्य सामान प्रयोग गर्न थाल्छौं। तर सस्ता सामानले डिभाइसहरुलाई बिगार्छन्। यिनीहरुले मोबाइल तताउने तथा विस्फोटको समस्या पनि ल्याउन सक्छ।

    अनावश्यक एपहरु नराख्नुहोस्

    सामान्यतया: हामी स्मार्टफोनमा थुप्रै एप इन्स्टल गर्छौं। नचलाउने एपहरुले हाम्रो फोनको स्पेस पनि लिने र लोकेशन, डाटा, ब्याट्री, क्यामरा, माइक आदिको एक्सेस दिइरहेका हुन्छन्। ब्याकग्राउन्डमा चल्ने यी एपहरले प्रोसेसरलाई लगातार चलाउने भएकाले यसको असर ब्याट्रीमा पर्न जान्छ।

    डिसप्लेमा अटो-ब्राइटनेस राख्नुहोस्

    आजकल मोबाइल फोनहरु ठूला स्क्रीन, हाइ रिफ्रेश रेट, निट्स ब्राइटनेस तथा कन्ट्रास्ट रेशियोसहितका हुने गर्दछन्।

    यस्ता स्क्रीनको पर्फर्मेन्स निकै आकर्षक हुने गर्दछ तर कहिलेकहीँ यस्ता स्क्रीन नै मोबाइलमा तापक्रम बढाउने कारक बन्न सक्छ। डिस्प्लेको ब्राइटनेस सधैं फुल राख्नुले फोनलाई हिट गर्न सक्छ। यस्तोमा अटो-ब्राइटनेस फिचर अन राख्नु उपयोगी हुन जान्छ।

    क्यामराले पनि तताउन सक्छ फोन

    स्मार्टफोनको क्यामरा पनि कतिपय अवस्थामा मोबाइलको तापक्रम बढाउने कारक बन्न सक्छ। लगातार फोनमा फोटोज खिच्ने वा लामो समयसम्म भिडियो बनाउनुले क्यामरा अझ तताउने गर्छ। गर्मीको मौसममा यो समस्या धेरै हुने गर्छ। यसैले सकेसम्म लामो समयसम्म क्यामरा प्रयोग नगर्नु राम्रो हुन्छ।

    भाइब्रेशन कम राख्नुहोस्

    कल वा म्यासेज आउँदा रिङटोनका साथमा फोन भाइब्रेट पनि गर्छ भने नोटिफिकेशन आउँदा पनि भाइब्रेशन आउँछ। बारम्बार भाइब्रेट गरेका कारण फोनको धेरै प्रयोग हुने हुनाले प्रोसेसरमा पनि असर पार्छ। यसबाट फोन तात्नमा अझ सहयोग पुग्न जान्छ।

    पावर सेभिङ मोड अन राख्नुहोस्

    फोनको ब्याट्री निकै कम भएपछि प्रोसेसरमा दबाब बढ्छ। लो ब्याट्री हुँदा लोकेशन, जीपीएस, डाटा तथा सिंक आदि बन्द गरिदिँदा ब्याट्रीको दबाब कम हुन्छ र तात्ने सम्भावना पनि घट्छ। यसैगरी पावर सेभिङ मोड वा अन्य यस्तै अप्शनलाई अन गरिदिँदा ब्याट्री तात्ने समस्या कम गर्न सकिन्छ।

    फोनलाई अपडेटेड राख्नुहोस्

    फोनको अपरेटिङ सिस्टम तथा अन्य सफ्टवेयरलाई सधैं नयाँ भर्सनमा अपडेट गरेर राख्नु पर्छ। यसले फोनको प्रयोगलाई सहज र फास्ट बनाउनुका साथै ब्याट्रीको स्वास्थ्य पनि सही राख्न मद्दत गर्छ।

    आउटडेटेड भर्सन भएका फोनहरुमा अनावश्यक दबाब सिर्जना भएर तात्ने कारण बन्न सक्छन्। फोन वा एपहरु अपडेट गरेपछि सबै कुरा रिफ्रेश हुन्छ र यसले हिटिङको समस्यालाई पनि कम गर्छ।

    स्टाइलिश फोन कभर राख्नुहुँदैन

    चार्ज गर्दा मात्र नभएर अन्य प्रयोगका बेला पनि फोनको ब्याट्री तथा प्रोसेबाट ताप उत्पन्न हुन्छ। स्टाइलिश कभर लगाउँदा फोन पुरै ढाकिने हुनाले तापक्रम भित्रै थुनिन्छ।

    यसो हुँदा मोबाइल झन तातिन्छ। यस्तो भएमा कभर निकालेर मोबाइललाई हावामा राखिदिनुपर्छ।

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer