काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास निरन्तर रहँदा आज ५ प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेश र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




