• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कोशी सरकार विस्तारमा ढिलाइ


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेसँग जुटेको सहमति बमोजिम नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएको भए सोमबार नै कोशी सरकारले पूर्णता पाउने थियो ।

    Advertisement

    शनिबार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको थियो । जसअनुसार मुख्यमन्त्री सहित ५ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाउने थियो ।

    एमालेसँग सहमति जुटेपछि कांग्रेसभित्र पनि एकप्रकारले भागबण्डा टुंगिएको थियो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा समूहबाट २, डा.शेखर कोइराला समूहबाट १ र कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बन्नेगरी सरकारमा पठाउने तयारी थियो ।

    तर आफ्नो गृह प्रदेश भएकाले एउटा मात्रै मन्त्री लिन शेखर कोइराला तयार भएनन् । उनले दुई मन्त्रालयको अडान लिएका छन् ।

    ‘एउटा मात्रै हो भने नाम दिन्न भन्नु भएको छ, उहाँ आएपछि मात्रै थप छलफल हुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘माथि भागवण्डामा कुरा मिल्न प¥र्याे अनि मात्रै यहाँ प्रक्रिया अघि बढ्छ ।’ शेखरको अडानपछि कांग्रेसले मन्त्रीहरुको नाम पठाउन सकेको छैन ।

    तर डा.शेखर भने मन्त्रालय टुंग्याउने पहल नलिएर भारत हिडेका छन् । ‘जाने विषयमा केही भन्नु भएको छैन । धार्मिक कार्यक्रम र केही राजनीतिक भेटघाट छन् भन्ने सुनेका हो,’ उनी निकट स्रोतले भन्यो, ‘अब १–२ दिनमा फर्कने होला ।’

    मुख्यमन्त्री हिक्मत कार्की भने कांग्रेसबाट आउने मन्त्रीहरुको नाम पर्खेरै बसेका छन् । ‘उहाँहरुको कोर्टमा बल छ, कहिले दिनुहुन्छ त्यहीँले (त्यसैदिन) टुङ्ग्यान्छ’, सोमबार काठमाडौँबाट विराटनगर फर्केका मुख्यमन्त्री कार्कीले भनेका थिए ।

    कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढाउने बताउँछन् । आकांक्षी धेरै भएकाले मन्त्रीको टुङ्गो लगाउन केन्द्रलाई पठाइएको उनी बताउँछन् ।

    सोमबार बसेको कांग्रेस प्रदेश समिति बैठकले मन्त्री छान्न मापदण्ड चाहिँ बनाएर केन्द्रमा पठाएको छ । केन्द्रको निर्णयपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । कांग्रेस प्रदेश समितिले जातीय, लैङ्गिक, भौगोलिक र कार्यक्षमतालाई आधार बनाएर मन्त्री छान्नुपर्ने मापदण्ड बनाएको छ ।

    एमालेसँग भागबण्डामा भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिने कांग्रेसले सहमति गरेको छ । यी मन्त्रालय यसअघि माओवादी केन्द्रको नेतृत्वमा थियो । त्यस बाहेक उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये थप एउटा लिन मुख्यमन्त्रीको प्रस्ताव छ ।

    कोशी सरकारमा संस्थापन समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई, शेखर समूहबाट गोबिन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई मन्त्रीको दाबेदार हुन् ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer