• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बैंकक–भैरहवा उडान हुने भएपछि व्यवसायीहरु उत्साहित


  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
  • भैरहवा । लामो समय अन्तर्राष्ट्रिय उडानविहीन भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल अब भने केही चलायमान हुने अपेक्षा बढेको छ । थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि विमानस्थलसँगै लुम्बिनी क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा गरिएको हो ।

    Advertisement

    नेपाल नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवा उडानको अनुमति बिहीबार दिएको हो । ‘लामो समयदेखि हामीले नियमित अन्तर्राष्ट्रिय उडानको माग गरिरहेका थियौँ’, सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भन्नुभयो, ‘थाई एयरले कम्तीमा सातामा चार उडान सुरु गर्ने भएपछि खुसी लागेको छ । अब, भैरहवा केही चलायमान हुन्छ । यहाँको पर्यटन क्षेत्रमा सकारात्मकता थपिएको छ ।’

    श्रेष्ठले थाईसँगै अब नेपाल एयरलाइन्सबाट पनि नियमित उडान गर्नुपर्ने माग गर्नुभयो । ‘कम्तीमा भैरहवा–दिल्ली उडान गर्ने व्यवस्था मिलाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘यो माग हामीले विमानस्थल सञ्चालनमा आएदेखि नै उठाउँदै आएका छौँ ।’ थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ। भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने प्राधिकरणले जनाएको छ।

    ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ ? यसअघि थाई एयर एसियाकै लगानीकर्तासमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो। एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैङ्क ग्यारेन्टीमार्फत गत चैतमा बुझाइएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले गत चैतमै बताउनुभएको थियो । ‘साँवा र ब्याज गरी २७ करोड बुझाउन २४ किस्तामा बुझाउन बैङ्क ग्यारेन्टी प्राप्त भएको छ,’ उहाँको भनाइ थियो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।

    सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले शिथिल बनेको पर्यटन क्षेत्र उकास्न थोरै भए पनि राहत मिल्ने बताउनुभयो । ‘हाम्रो चाहना दैनिक उडान होस् भन्ने हो’, उहाँले भन्नुभयो, ‘तर, सातामा चार उडान भए पनि राम्रै हुन्छ । अब, श्रीलंकन, चाइना लगायत बौद्धिष्ट मुलुकका अन्य विमान कम्पनीलाई पनि आकर्षित गर्नुपर्छ ।’

    २० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलङ्कालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ । नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए। ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ। थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ।

    २०७९ जेठमा भैरहवा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्नुभएको थियो। त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेको थियो। तर उडान नियमित हुन सकेन।

    प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जजिराले भैरहवामा जम्मा ११० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान भएको थियो । त्यो पनि अहिले रोकिएको छ। गत वर्ष जेठदेखि नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौँ आउने उडान सातामा एक दिन (मंगलबार) भैरहवामा ‘टचडाउन’ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आएको छ।

    आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer