• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कुरी क्षेत्रको जग्गा खोजबिन सुरु


  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । कालिञ्चोक गाउँपालिकाले यहाँको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोक मन्दिर आसपासको कुरी क्षेत्रको जग्गा खोजबिन सुरु गर्न लागेको छ । लामो समयदेखि कसको स्वामित्वको जग्गा हो भन्ने ठेगान नलागेकै बेला तीव्र रूपमा अतिक्रमण भएपछि कुरी क्षेत्रको जग्गा खोजबिन गर्न लागिएको पालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खोजबिन गर्ने क्रममा पालिकाले निर्णय गरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, गुठी संस्थानलगायतलाई आआफ्ना प्रमाण पेस गर्न पत्राचार भइसकेको छ । अहिलेसम्म कतैबाट पनि जानकारी आएको छैन । गुठीको हो भने किन नापी गराइएन । स्थानीय स्वायत्त शासन ऐन अनुसार यस्ता खाले जग्गा खोजबिन गर्ने र रेखदेख तथा संरक्षण गर्नु स्थानीय तहको दायित्व हो । यसको मिहिन तरिकाले खोजबिन गरी यथार्थ पत्ता लगाउनुपर्ने देखिएको छ ।

    Advertisement

    यो जग्गा वन मन्त्रालय अन्तर्गत सामुदायिक वन समूहको हो कि भूमिसुधार मन्त्रालय अन्तर्गत गुठी संस्थानको हो भन्ने नाटकीय दाबीले अतिक्रमणकारीलाई जग्गा ओगट्न अति सजिलो भइरहेको छ । गत २०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेपछि पनि संरक्षण हुन नसकेको उक्त क्षेत्रमा प्रत्येकमा करोडौँ रुपियाँको लगानीमा हाल डेढ सयभन्दा बढी होटेल बनेका छन् भने ४५ करोड रुपियाँको लागतमा निर्मित केबुलकार सञ्चालनमा आइसकेको छ ।

    करिब दुई सय हेक्टर कालिञ्चोक क्षेत्र गत २०७३ साल साउन २१ गतेदेखि आधिकारिक रूपमा गुठी संस्थानले आफ्नो स्वामित्व कायम गराउन थालेपछि कालिञ्चोक क्षेत्र झन् जताततै कोतरिएर कुरूप बन्दै गएको छ । गुठीले विसं १८८६ वैशाख १४ को अस्पष्ट लालमोहरको कागज प्रमाणका आधारमा कालिञ्चोक दर्शन प्रालिलाई केबुलकार निर्माण गर्न स्वीकृति दिएको छ । केबुलकार बन्न थालेपछि यता उक्त क्षेत्र कसको हो भन्ने विवादमा तोडफोड, झडप र भनाभनको स्थिति बेला बेलामा चर्र्कंदै आएको छ ।

    भोगचलन बढाउने क्रममा गुठी संस्थानले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति निर्माण गरी लिजमा जमिन भोगचलन गर्न दिने नीति बन्यो । दुई सरकारी निकायको झगडामा व्यवसायीलाई मर्का पार्न नहुने स्पष्ट पार्दै गुठी एकाएक भित्रिएकाले समस्या थपिँदै गएको होटेल व्यवसायी बताउँछन् । विवाद बढ्दै जाँदा स्थानीयको नामममा कालिञ्चोकको जमिन ओगट्ने र भित्रभित्रै लाखौँमा किनबेच हुन थालेको छ । मनोमानी ढङ्गले भाडा तिर्ने गरी चार किल्ला ओगट्ने त्यसलाई ५०/५५ लाख रुपियाँसम्ममा बेच्ने दलाली देखिन लागेको पनि बताइन्छ । होटेल व्यवसायी लालबहादुर पाख्रिनले अहिले भाडा तिरेका छैनौँ, पछि पालिकालाई तिर्ने सर्तमा होटेल थापिएको हो भन्नुभयो । यसरी केबुलकार, घर, होटेल र रेस्टुरेन्ट बन्दै गरेको उक्त क्षेत्र सामुदायिक वन भएकाले क्याबिनेटको निर्णयबिना कसैले भोगचलन गर्न नपाउने जिल्ला वन कार्यालयको दाबी छ ।(गोरखापत्र)

    आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer