• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कर्णाली सरकारको माया किसानलाई


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा भेडा र चौंरीपालन घट्दो छ। किसानले पाल्न छोडेपछि चौंरीगाई लोप हुने अवस्थामा छन् भने भेडाको संख्या पनि घट्दो छ। यसले प्रत्यक्ष रूपमा किसानको जीविकोपार्जनमा नै असर पुगेको छ। यही कारण कर्णाली प्रदेश सरकारले भेडा र चौंरीगाईको व्यावसायिक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको हो।

    Advertisement

    प्रदेश सरकारले भेडा र चौंरीको संरक्षण गर्न हिमाली जिल्लाका किसानलाई व्यावसायिक पालनमा प्रोत्साहन गर्न थालेको छ। यसका लागि व्यावसायिक रूपमा पालन गर्ने किसानले आर्थिक सहयोग पाउन थालेका हुन्। लोप हुने अवस्थामा पुगेका चौंरीगाई र भेडाको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न थालिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेडा र चौंरीको व्यावसायिक पालन गर्ने किसानलाई प्रोत्साहनस्वरूप नगद उपलब्ध गराउन थालिएको हो। जसअन्तर्गत गएको आर्थिक वर्षमा मात्र प्रोत्साहनबापत भेडा र चौंरी पाल्ने किसानलाई ८३ लाख रकम वितरण गरिएको छ।

    मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले भेडा र चौंरीको व्यावसायिक पालनमा मन्त्रालयले प्रोत्साहन गरेको बताए। उनका अनुसार ५० वटाभन्दा बढी भेडा र १० भन्दा बढी चौंरी पाल्ने किसानलाई यस्तो प्रोत्साहन गर्न थालिएको हो। उनले भने, ‘एक जना किसानले वर्षमा १८ हजारका दरले रकम पाउँछन्, हामीले दुई किस्तामा किसानकै खातामा रकम जम्मा गरिदिन्छौं। किसानलाई भेडा र चौंरीपालनमा प्रोत्साहन गर्न यो रकम दिन थालेका छौं, भेडा र चौंरीपालन घटेर लोप हुन लागेकाले पनि सरकारले संरक्षणमा चासो दिएको हो।’ गत आर्थिक वर्षमा मन्त्रालयले ४ सय ६३ भेडापालक किसान र ४१ जना चौंरीपालक किसानलाई १८ हजारका दरले ८३ लाख ७ हजार रकम प्रोत्साहनस्वरूप वितरण गरेको छ।

    मन्त्रालयका प्रवक्ता कठायतका अनुसार कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रोत्साहन गर्न थालिएको छ। यी जिल्लामा भेडा र चौंरीपालन हुने भए पनि पछिल्लो समय किसानले व्यावसायिक रूपमा पालन नगर्दा भेडा र चौंरीको संख्या घट्दै गएको छ। भेडापालन घट्दै गएको र चौंरी लोप हुने अवस्थामा पुगेपछि प्रदेश सरकारले तिनको संरक्षण र प्रबद्र्धनमा लगानी गर्न थालेको हो। कठायतले भने, ‘हिमाली जिल्लाका किसानको जीविकोपार्जनका लागि पशुपालन नै मुख्य आम्दानी हो, त्यस क्षेत्रमा हुँदै आएको भेडा र चौंरीपालन घटेको देखियो। यसलाई प्रबद्र्धन गर्न मन्त्रालयले किसानलाई प्रोत्साहन गर्न थालेको छ, यो वर्ष पनि हामी किसानलाई प्रोत्साहन जारी राख्नेछौं।’

    भेडा र चौंरीको व्यावसायिक पालन भएमा किसानको जीविकोपार्जनमा सहज हुने र प्रदेशको आम्दानी पनि बढ्ने प्रदेश सरकारको अपेक्षा छ। भेडा मासु र ऊनका लागि पाल्ने गरिन्छ। विगतमा कर्णालीका दुर्गम क्षेत्रमा भेडालाई खाद्यान्न र नुनको ढुवानीमा समेत प्रयोग गरिन्थ्यो। तर, हिजोआज कर्णालीका धेरै स्थानमा सडक यातायात र गाडी पुगेका कारण भेडालाई सामान ढुवानीमा भन्दा पनि मासु र ऊनका लागि पाल्ने गरिन्छ। यस्तै चौंरीगाई दूधका लागि पालिन्छ। हिमाली जिल्लामा चौंरीको पुच्छरसमेत बिक्री हुन्छ। लामा रौं भएको पुच्छर धार्मिक कार्यमा शुभ मानिने भएकाले पनि चौंरीको पुच्छरले मूल्य पाउने गरेको हो। चौंरीगाईको दूधबाट छुर्पीसमेत बनाएर किसानले आम्दानी गर्छन्। (अन्नपुर्ण पोस्ट)

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer