काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
Advertisement
सोही कारण आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा धेरै भारी (भिषण) वर्षाको पनि सम्भावना छ।
आज राति सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।




