• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आँखा अस्पताललाई एक वर्षको तलब सहयोग गर्दै सांसद दीपकबहादुर सिंह


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार सहयोग गर्नुभएको छ ।

    Advertisement

    उहाँले एक वर्षको तलब रकममा आफ्नो तर्फबाट थप रकमसहित हेटौँडा आँखा अस्पताललाई सहयोग गर्नुभएको हो । सेवा सुविधा सहितको तलबबापतको ६ लाख १२ हजार रुपियाँ र ३ लाख ८७ हजार थप गरेर रकम डा.सन्दुक रुइतलाई हस्तान्तरण गर्नुभएको हो ।

    सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले निर्वाचनका बेला जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभएको छ । उहाँले सेवा सुविधा बापत प्राप्त गरेको रकम जनताकै लागि खर्च गर्ने वाचा गरेकाले त्यही अनुरूप डा. रुइत मार्फत हस्तान्तरण गरेको बताउनुभयो ।

    निःस्वार्थ भावले आम जनताको सेवा कसरी गर्ने भनेर डा. रुइतबाट सबैले सिक्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत डा. रुइतले गर्नुभएको कामको प्रशंसा जति गरेपनि कम हुने उहाँले बताउनुभयो । आँखाको लेन्स बनाउने कारखाना बागमती प्रदेशको राजधानी हेटौँडा स्थित बसामाडीमा निर्माण हुन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै डा सन्दुक रुइतले स्वच्छ मनोभावना र अन्तर आत्माले गरिएको सहयोगप्रति धन्यवाद दिनुभयो । सीमान्तकृत जनतामा यो रकम पुर्‍याउने वाचा गर्दै तलबबापतको रकम गरिबलाई दिने कार्य प्रशंसायोग्य भएको बताउनुभयो । संरक्षक सिद्धिलाल श्रेष्ठले आँखा अस्पतालको सेवा अझै विस्तार गर्ने बताउँदै सहयोगको प्रशंसा गर्नुभयो ।

    हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा ८० हजार भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने ६ हजार जनाको आँखाको अप्रेसन गरिएको हो । यहाँ दैनिक तीन सय बिरामीले सेवा लिइरहनुभएको छ । तीन जना नेत्ररोग विशेषज्ञ डाक्टर मार्फत सेवा प्रदान गरिरहेको अस्पतालले मकवानपुरको मनहरी, बागमती, बकैया, इन्द्रसरोवर, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको अस्पतालका कर्मचारी सुधीर श्रेष्ठले जानकारी दिनुभयो । यहाँ मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीबाट सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ ।(गोरखापत्रबाट)

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer