• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

९ हजार बढि बिरामीलाई उपचारमा सहुलियत दियो भेरी अस्पतालले


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • बाँके । भेरी अस्पताल नेपालगन्जले विपन्न समुदाय, ज्येष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा करिब नौ हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।

    Advertisement

    भेरी अस्पतालले सामाजिक सेवा इकाईमार्फत मापदण्डमा परेका बिरामीलाई सहुलियत उपलब्ध गराउँदै आएको जनाएको छ । शाखा प्रमुख आशा पन्तका अनुसार गत आवमा ५२६ जना विपन्न व्यक्तिहरूलाई दुई करोड ८० लाख ९७ हजार ७४९ रुपियाँ विपन्न बिरामीलाई सहुलियत दिइएको जानकारी दिनुभयो । सिकलसेल, स्पाइनल, टाउको र मुटुका बिरामीले यसबाट सहयोग पाउने गरेका छन् । २१५ जना मुटुका बिरामीले मात्रै दुई करोड १५ लाखको सहुलियत प्राप्त गरेका छन् ।

    यसैगरी सामाजिक सेवा इकाईमार्फत ६ हजार ३४ जनालाई सहुलियत सेवा दिइएको छ । यसरी सेवा लिनेमा तीन हजार २४२ नयाँ बिरामी र दुई हजार ७९२ जनाले दोहोर्‍याएर सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत ९३ लाख ७३ हजार ६९९ रुपियाँ सहुलियत दिइएको छ । ज्येष्ठ नागरिकतर्फ एक हजार ९६ जना नयाँ र एक हजार ३२७ ले दोहोर्‍याएर गरी दुई हजार ४२३ जनाले सहुलियत सेवा प्राप्त गर्नुभएको छ । जेरियट्रिकतर्फ ३५ लाख ८५ हजार ७०५ रुपियाँको सहुलियत दिइएको छ ।

    भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ ।

    यस अस्पतालमा लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामीहरू सेवा लिन आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिनुभयो । भेरीमा बढ्दो बिरामीको चाप बढेकाले थप भौतिक पूर्वाधार सहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।(गोरखापत्र)

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer