• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गुल्मीमा परीक्षणका लागि चिया खेती गरिदै


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । गुल्मीमा चिया खेतीको परीक्षणका लागि १० हजारभन्दा बढी बिरुवा लगाइने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङको धुँवाखोलामा १० हजारभन्दा बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ । इलामबाट १० हजारभन्दा बढी बिरुवा परीक्षणका ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।अहिले परीक्षणका लागि बिरुवा साउन महिनाको अन्त्यमा ल्याइने र परीक्षण सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने गरी तयारी गरेको भण्डारीले बताउनुभयो ।

    Advertisement

    प्रविधि परीक्षण कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको लागतमा बिरुवा खरिद गरी ल्याइने बताउनुभयो । बिरुवा कार्यालयले उपलब्ध गराउने र खाडल खन्नेलगायतका कार्य कृषकले गर्ने भण्डारीले बताउनुभयो । चिया खेतीका लागि ओसिलो क्षेत्र चाहिने र हावामा पनि पानीको मात्रा हुने क्षेत्र उत्तम हुने ज्ञान केन्द्र गुल्मीले जनाएको छ । विशेष गरी समुद्री सतहदेखि आठ सय मिटरभन्दा माथि एक हजार आठ सय मिटरसम्म चिया खेती गर्न सकिने कार्यालयले जनाएको छ ।

    भुर्तुङको धुँवाखोलामा तमु उद्यमशील महिला समूहले बाँझिएको जग्गालाई सदुपयोग गर्नका लागि चिया खेतीको अवधारण लिएको जनाएको छ । सो समूहको एक उपसमिति बनाएर चिया तथा अन्य बिरुवाको रोपण र अध्ययनका लागि योजना बनाएको परिकल्पनाकार आशिष गुरुङले बताउनुभयो । समूहमा ३६ घरपरिवार आबद्ध रहेका छन् । बाँझिएको १७ रोपनी जग्गामा अहिले चिया खेतीको सुरुवात गर्ने र अर्को वर्ष करिब २० रोपनी जग्गामा खेती गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।(गोरखापत्र)

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer