• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

अब नमोबुद्धमा स्टाफ कलेज निर्माण हुने


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ। सरकारले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेँसीमा अत्याधुनिक आवासीय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माण गर्ने भएको छ ।

    Advertisement

    करिब पाँच सय जना प्रशिक्षार्थीलाई आवासीय रूपमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिन सकिने गरी सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको हो । अहिले जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढीमा दुई सय जना मात्र प्रशिक्षार्थीलाई तालिम दिन सकिने व्यवस्था छ ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले अहिले नमोबुद्धमा प्रतिष्ठानले पाँच सय रोपनी क्षेत्रफलको जमिन पहिचान गरिसकेको र उक्त जमिनको भोगाधिकार प्राप्त गर्ने प्रक्रियामा लागिरहेको बताउनुभयो । केही समयभित्रै जग्गाको भोगाधिकार प्राप्त गरी प्रशिक्षण प्रतिष्ठान निर्माणको काम अगाडि बढ्ने छ ।

    प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले कर्मचारीलाई विशिष्ट प्रकृतिको तालिम प्रदान गर्न प्रतिष्ठानलाई नमोबुद्धमा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । हाल जावलाखेलमा रहेको पूर्वाधारले प्रतिष्ठानको दीर्घकालीन सोच अनुसारको कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएकाले सरकारले काभ्र्रेको नमोबुद्धमा प्रतिष्ठान निर्माण गर्न लागको हो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला महाशाखा प्रमुख सुमन दाहालले सङ्घीयताको सफल कार्यान्वयन गर्न एक विशिष्ट प्रकृतिको संस्थाको आवश्यकता भएकोले सरकारले नेपाल प्रशासनिक प्रशिक्षिण प्रष्ठिानलाई अत्याधुनिक सुविधासहित निर्माण गर्न लागेको बताउनुभयो ।

    प्रतिष्ठानले अहिले शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव स्तरका कर्मचारीलाई आवासीय रूपमा तालिम प्रदान गर्दै आएको छ । आवश्यकताका आधारमा तिनै तहका जनप्रतिनिधि र अन्य सङ्गठित संस्थाका पदाधिकारीलाई पनि तालिम प्रदान गरी दक्ष बनाउने कार्य गर्दै आएको छ ।(गोरखापत्र)

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer