• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कार्य सम्पादनमा रुपन्देही जिल्ला प्रथम, धनुषा ७७ औँ स्थानमा


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार रुपन्देही जिल्लाको कार्य प्रगति सबैभन्दा राम्रो देखिएको हो ।

    Advertisement

    ७७ जिल्ला प्रशासन कार्यालयमध्ये ९८ अङ्क प्राप्त गरी रुपन्देही पहिलो भएको हो । त्यसैगरी दोस्रोमा पाल्पाले ९७.७५ अङ्क प्राप्त गरेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक कार्य प्रगतिका आधारमा मन्त्रालयले कुल प्राप्ताङ्क दिई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

    १०० पूर्णाङ्कमा ९७.६२ अङ्क ल्याएर बागलुङ तेस्रो स्थानमा छ । त्यस्तै पश्चिमी रुकुम जिल्लाले ९७.५० अङ्क ल्याई चौथो स्थानमा छ । त्यस्तै, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा पछाडि धनुषा जिल्ला परेको छ । सो जिल्लाले ७६.२५ अङ्क मात्र प्राप्त गरेको छ ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार वर्षमा एक पटक सार्वजनिक गरिने प्रतिवेदनअनुसार रुपन्देही सबैभन्दा राम्रो अङ्क प्राप्त गरेको जिल्ला बनेको छ । प्रमुख जिल्ला अधिकारीले हरेक आर्थिक वर्षमा मन्त्रालयका सचिवसँग कार्य सम्पादन मूल्याङ्कन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको र सोही व्यवस्थाअनुसार मन्त्रालयमा पेस भएको प्रतिवेदनअनुसार सो अङ्क प्रदान गर्ने गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

    प्रतिवेदनअनुसार ७६ औँ स्थानमा उदयपुर जिल्ला रहेको छ । सो जिल्लाले ७९.२५ अङ्क प्राप्त गरेको छ । त्यस्तै, ७५, ७४, ७३ औँ मा क्रमशः दैलेख, अछाम र खोटाङ जिल्ला रहेका छन् । सो जिल्लाले क्रमशः ७९.६८, ८०.१८ र ८१.७५ अङ्क प्राप्त गरेका छन् ।

    सोहीअनुसार सुदूरपश्चिमको कैलाली ३२ औँ स्थानमा परेको छ । सो जिल्लाले ९३.५ अङ्क प्राप्त गरेको छ । त्यस्तै, कञ्चनपुरले ९३.७५ अङ्क ल्याई ३० औँ स्थान कायम गरेको छ । त्यस्तै, हिमालपारिका जिल्ला मनाङ र मुस्ताङले क्रमशः २३ औँ स्थान प्राप्त गरेका छन् । सो जिल्लाले ९४.५ अङ्क प्राप्त गरेका छन् ।

    मुलुकको सङ्घीय राजधानी रहेको काठमाडौँ जिल्ला ९४.५६ अङ्क प्राप्त गरी २१ औँ स्थानमा रहेको छ । त्यस्तै, भक्तपुर ९४.६८ अङ्क ल्याई २० औँ स्थानमा छ । ललितपुर ९६.१२ अङ्क ल्याई १२ औँ स्थानमा छ ।(गोरखापत्र)

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer