• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

क्यानडामा नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडी रोहित पौडेल र दिपेन्द्रसिंं ऐरीलाई सम्मान


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेल र अर्का खेलाडी दिपेन्द्रसिंं ऐरीलाई क्यानडामा रहेका नेपाली समुदायद्वारा सम्मान गरिएको छ ।
    गैर आवसिय नेपाली संघ (एनआरएनए) क्यानडा, नेप्लिज क्यानेडियन क्रीकेट क्लब र नेप्लीज लन्डन क्रीकेट क्लबले संयुक्त रूपमा आज बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टीमका कप्तान पौडेल र खेलाडी ऐरीलाई खादा, माला, नेपाली ढाका टोपी र सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा भारतीय मुलका अमेरिकी खेलाडी उन्मुक्त चन्दलाई पनि सम्मान गरिएको थियो ।
    खेलाडीहरु देशका गहना मात्रै नभई सम्पती पनि भएको भन्दै क्रीकेट खेलबाट देशको नाम चिनाउन हाम्रा खेलाडीले खेलेको भुमिकाको बारेमा कार्यक्रममा प्रसंशा गरिएको थियो ।
    ग्लोबल टी ट्वान्टी खेल खेल्नका लागि क्यानडा आएको अबसरमा आफ्ना नेपाली खेलाडीलाई सम्मान गर्न पाउदा खुशी लागेको एनआरएनए ओण्टारियो कमिटीका सचिब तथा एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले बताउनु भयो । हामी जुन देशमा बसेपनि आफ्नो देशको माया र चिन्ता तथा आफ्नो खेलाडीहरु प्रती सधैं सम्मान रहने भन्दै आफ्ना राष्ट्रिय खेलाडी यहाँ आएको थाहा पाएर सम्मान कार्यक्रम राखेको ज्ञवालीले जानकारी दिनु भयो ।
    सम्मान कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेलले देशको नाम उच्च बनाउन सधैं लाग्ने भन्दै बिश्वभर रहेका नेपालीहरुको माया र हौसला कहिलै भुल्न नसकिने समेत बताउनु भयो ।

    Advertisement

    एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष गोपीकृष्ण काफ्ले, महिला चौतारीकि अध्यक्ष गीता दवाडी लगायतले कार्यक्रममा आ-आफ्ना भनाईहरु राख्नु भएको थियोे । करिब ४ दर्जन नेपालीको सहभागीता रहेको सो कार्यक्रममा संचालक एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीले ३ दर्जन ब्यक्तिहरुको आसनग्रहण गराउनु भएको थियोे भने २ दर्जन जति ब्यक्तीहरुलाई मन्तव्य दिन लगाउनु भएको थियोे । सो कार्यक्रममा एनआरएनए क्यानडाका सचिब बिनोद कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer