काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छँदा आज सातै प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




