• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

क्षमताभन्दा बढी यात्रु बोक्दै द्रुत बस सेवा, अनुगमन छैन


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको द्रुत बसले क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेको छ । ट्राफिक लाइटमा पनि रोक्न नपर्ने गरी एम्बुलेन्ससरहको सुविधा दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले संयोजन गरेका द्रुत बस क्षमताभन्दा बढी यात्रु लिएर गुड्छन् तर कारबाहीमा पर्दैनन् ।

    Advertisement

    यसलाई विभागले भने ‘सेवाप्रति यात्रुको आकर्षण’ बढेको भन्दै आएको छ । २०८० असोज ३ गतेदेखि सुरु भएको द्रुत बस सेवामा पछिल्लो समय क्षमताभन्दा बढी यात्रु यात्रा गर्न बाध्य छन् । ४० सिटको बसमा ५०/५५ जनाले यात्रा गरिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल सिट क्षमताभन्दा ३० प्रतिशत बढी यात्रु चढ्ने गरेका छन् ।

    विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “यो पाइलट परियोजना हो । यात्रुको आकर्षण बढेको छ भन्ने तथ्याङ्क हो, यसको अर्थ क्षमताभन्दा बढी यात्रु चढाउनु पर्छ भन्ने होइन । त्यसमा हामी सजग छौँ । अझै बस थपिएपछि र सेवा विस्तार गरेपछि यसको पनि समस्या समाधान हुन्छ ।”

    सुरुमा २५ वटा बस सञ्चालनमा ल्याइएको थियो । यात्रुको चाप बढेपछि छ महिनादेखि ४० वटा बस सञ्चालन गरिएको छ । सञ्चालनको छ महिनासम्म यात्रुको अभाव भएपछि सञ्चालनको तालिका परिवर्तन गरिएको थियो । हाल बिहान साढे ८ देखि ११ बजेसम्म र अपराह्न ३ देखि ६ बजेसम्म सञ्चालन गरिएको छ ।

    विभागले बस सञ्चालन र यात्रुको तथ्याङ्क दैनिक रूपमा राख्ने गरेको छ । व्यवस्थित सञ्चालनका लागि एप सञ्चालनमा ल्याएको छ । जसबाट सहज सञ्चालन र सम्भावित ढिलाइ व्यवस्थापन गरिँदै आएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, चढाए कारबाही हुने जनाएको छ । बसमा ह्याङ्गर समाएर उभिएको खण्डमा भने कारबाही नगरिएको र ढोका खुला राखेर यात्रु कोचिएको खण्डमा कारबाही हुने प्रहरी प्रवक्ताको भनाइ छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले भन्नुभयो, “क्षमताभन्दा बढी चढाउन पाइँदैन, लोकल एरियामा ह्याङ्गरमा समाएर उभिएको खण्डमा कारबाही गरिएको छैन । द्रुत बसलाई हामीले अहिलेसम्म चेकजाँच गरेका छैनौँ । अब चेकिङ गर्न लगाउँछौँ ।”(गोरखापत्र)

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer