• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इजरायल र लेबनानमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् ।

    Advertisement

    इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।

    गत अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायल र उसका केही छिमेकी देशमा रहेका अतिवादीबिच विवाद बढ्दै जाँदा इजरायललगायत नेपाली श्रम गन्तव्य मुलुकमा युद्धको त्रास बढेको छ ।

    पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो बढेको छ । केही समययता इजरायल र लेबनान तथा इरानबिच तनाव बढ्न थालेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत हुन अनुरोध गरेको छ ।

    इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई ध्यानमा राखी जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने जनाउँदै सचेत हुन आग्रह गरेको हो । दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकारी राख्नसमेत आग्रह गरेको छ ।

    दूतावासको सूचनामा भनिएको छ, “उक्त प्रोटोकल पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौँ ।”

    दूतावासले आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकारी राखेर आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कनसमेत नेपालीलाई आग्रह गरेको छ ।

    लेबनान तथा इरान र इजरायलबिचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्र मन्त्रालयले दुवै देशका नेपाली दूतावासलाई परिस्थितिबारे सचेत रहन अनुराध गरेको छ । पछिल्लो समय इजरायलमा एक हजार एक सयभन्दा बढी जिटुजी श्रमिक र अन्य गरी करिब पाँच हजार नेपाली छन् ।

    गत महिना मात्रै इजरायलले थप एक हजार नेपालीलाई रोजगारी दिने गरी आवेदन आह्वान गरेको थियो । युद्धको त्रास बढ्दै गए तत्काल पठाउनुपर्ने नेपाली र हाल गइरहेका श्रमिक रोकिने सम्भावना देखिएको छ ।

    यसै गरी लेबनान हेर्ने कायरोस्थित नेपाली दूतावासले लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका नेपालीलाई आवश्यक सतर्कता अपनाउन र सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    लेबनानमा विगत तीन वर्षमा श्रम स्वीकृति लिएर गएका १७५ नेपाली छन् । विभिन्न भिसामा त्यहाँ गएर काम गर्ने नेपालीको सङ्ख्या एक हजारभन्दा बढी छ ।(गोरखापत्र)

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer