काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास कायम रहँदा आज ६ वटा प्रदेशमा भिषण वर्षा हुने सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, वागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएको हो।
आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, वागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा गण्डकी र कर्णालीका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।




