• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

संसदीय छानबिन समितिद्वारा जेलमा रहेका शर्मासँग बयान


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो ।

    Advertisement

    यसअघि विशेष समितिले सोधपुछ गर्ने व्यक्तिको प्रारम्भिक नामावली तयार गरी व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको थियो । समितिको सोधपुछका लागि साझा र विशेष प्रश्नको तयारी गर्ने निर्णयका साथ साझा प्रश्न प्रस्तुत भई छलफलपछि पारित गरेको थियो ।

    समितिले सहकारी संस्थाका २० सञ्चालक फरार रहेको र तत्काल सम्पर्कमा आउन सूचित गरिसकेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे छलफल र छानबिनका लागि अध्यक्ष गीतेन्द्रबाबु राईलाई सम्पर्कमा आउन समितिले सूचित गरेको थियो तर उनी अझै फरार छन् । समितिले २९ वटा सहकारी संस्थाको छानबिनका लागि कार्यादेश पाएको छ ।

    शर्माको सहकारी ठगी शृङ्खला

    भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्नी पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेर अपचलन गरेको देखिएको छ ।

    सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माको नाममा खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।

    सहकारीको बचतलाई अध्यक्ष शर्माले पूर्वमा मोरङदेखि पश्चिममा दाङसम्म गरी शिवशिखर सहकारीका ४३ वटा शाखा कार्यालयमार्फत करोडौँ रकम अपचलन गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अध्यक्ष शर्मा र उनकी पत्नी गीताका नाममा रहेको सबै सम्पत्ति रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer