• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घरबासले दिएको खुशी


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • चितवन । आफू बस्ने घरलाई नै पाहुनाघर बनाएर पर्यटकलाई सेवा दिन सके आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका थारू समुदाय । पर्यटकीय नगरी मेघौलीमा ठुला लगानीमा होटेलहरू सञ्चालनमा छन् । यहाँ आएका पर्यटकलाई आफ्नो क्षमता अनुसार बास बस्न, खान र घुम्नका लागि थारूको घरबास एउटा राम्रो विकल्प रहेको छ । महँगो शुल्क तिर्न नसक्ने तथा गाउँघरकै स्थानीय खाना खान चाहनेका लागि उपयुक्त स्थान बनेको छ, थारू समुदायले सञ्चालन गरेको थारू सामुदायिक घरबास ।

    Advertisement

    सामान्य खेतीपाती गरी जीवन सञ्चालन गर्दै आएका यहाँका थारू समुदायले आफ्नै घरमा पाहुनालाई बास बस्न दिएर, जे छ त्यही खाना खुवाएर सुरु गरेको घरबासमा अहिले सबैको आकर्षण बढेको छ ।

    २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिले आयआर्जनको बाटो खोल्ने भन्दै स्थानीय थारू समुदायलाई होमस्टे (घरबास) को अवधारणा ल्याएर सुरु गर्न प्रोत्साहन गरेको थियो । आफू बस्दै आएको घरमा सफा र बास बस्नका लागि अलग्गै कोठाको व्यवस्था गरी ओढ्ने ओछ्याउने दिएर सुरु गरिएको थियो । घरबासमा अहिले थारू समुदायले अलग्गै वातानुकूलित (एयर कन्डिसन) कोठा निर्माण गरी पाहुनालाई सुविधा दिँदै आएका छन् ।

    थारू सामुदायिक घरबासका अध्यक्ष सोमलाल महतोले भन्नुभयो, “एउटा घरमा बास बस्न दिएर सुरु गरेको पर्यटक पाहुनाघर अहिले व्यवस्थित रूपमा सञ्चालन गरेका छौँ ।” परम्परागत कृषिमा निर्भर भएका समुदायलाई यो घरबास व्यवसायले राम्रो आम्दानी दिन सफल भएको छ । “घरमा नै बसेर विदेशी रुपियाँ आर्जन गर्न सक्ने वातावरण बनेकामा हामी खुसी छौँ,” उहाँले भन्नुभयो, “एउटा घरबाट सुरु भएको यो घरबास पर्यटन व्यवसाय सात वटा घरमा विस्तार भएको छ । अहिले एकै पटक हामीले ६० जना पाहुनालाई राख्न सक्छौँ । उहाँहरूलाई खाना खुवाउन थारूको मौलिक संस्कृति देखाएर मनोरञ्जन दिन सकेका छौँ ।”

    अध्यक्ष महतोले भन्नुभयो, “एउटा घरमा चार/पाँच वटा कोठा छन्, शुक्रबार, शनिबार र बिदाको दिनमा सबै भरिन्छ ।”

    उहाँ मात्र होइन, धेरै कमाउन भनेर मलेसिया जानुभएका भरतपुर महानगरपालिका–२७, मेघौलीका वेदकुमार महतो विदेश छाडेर आफ्नै घरमा पर्यटकलाई राख्न घरबास व्यवसाय सुरु गर्नुभयो । सात वर्ष मलेसिया बस्दा कमाउन नसकेको उहाँले २०७५ सालबाट घरबास सुरु गर्नुभएकोमा अहिले अलग्गै पाँच वटा कोठा निर्माण गर्नुभएको छ ।

    घरबास व्यवस्थित गर्न ३५ लाख रुपियाँ लगानी गरेको बताउँदै महतोले कम्तीमा पनि मासिक २५ देखि ३० हजार रुपियाँसम्म नाफा हुने गरेको बताउनुभयो । भरतपुरको चौबिसकोठीबाट २७ किमी पश्चिममा रहेको मेघौली चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ आउने पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यसँगै निकुञ्जभित्र जङ्गल सफारी गरेर वन्यजन्तु हेर्न पाउने व्यवस्था छ । भरतपुर महानगरपालिकाका वातावरणविज्ञ विश्व सुवेदीले अहिले महानगरभित्र छ वटा घरबास पर्यटन व्यवसाय सञ्चालन भइराखेको बताउनुभयो ।(गोरखापत्र)

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer