• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

देवीदेवताको प्रतिमाले सजिएको जेभाले डाँडो


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् ।

    Advertisement

    पहरा सजाउने कामको नेतृत्व गर्नुभएको स्थानीय गजेन्द्र राईका अनुसार यहाँ निर्मित सुम्निमा र पारुहाङको प्रतिमा भएका स्थानलाई मुन्धुम पार्क नामकरण गरिएको छ । सुम्निमा र पारुहाङ किराँत राई समुदायले मान्ने आस्थाका देवता हुन् । मुन्धुम स्थलमा सुम्निमा र पारुहाङसँगै दुई वटा चिन्डो र राई यायोक्खाको झन्डा कुदिएको छ ।

    त्यस्तै नजिकै हिन्दु धर्ममा आधारित महादेवको भीमकाय प्रतिमा कुँदिएको छ । यसको नामकरण गर्न बाँकी छ । यस्तै बौद्धधर्म दर्शनमा आधारित भगवान् गौतम बुद्ध र नेपालको राष्ट्रिय झन्डा रहेको क्षेत्रलाई चट्टान बाटिका नामकरण गरिएको राईले बताउनुभयो । चट्टान बाटिकादेखिमाथि किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा कुँदिएको छ । प्रतिमाको औसत उचाइ सात फिट छ । जेभाले क्षेत्रमा प्राचीन महादेव गुप्तेश्वर थान पनि छ । भीमकाय गुफा, ओडार र ढुङ्गा छन् । ढुङ्गामा पुराना आकृति देख्न सकिन्छ ।(गोेरखापत्र)

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer