• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रेसुङ्गा पालिकाद्वारा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने भएको छ । यस जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

    Advertisement

    आइतबार नगर कार्यपालिको बैठकपश्चात् जिल्लास्थित उद्योगी, व्यवसायीहरूको सहभागितामा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुहुँदै नगरप्रमुख पन्थीले यस रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या बढाउनका लागि अहिले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने निर्णय गरिएको बताउनुभयो ।

    यस जिल्लाको समुन्नतिको ढोका खोल्न शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ भन्ने ध्येयका साथ आफूहरूले काम गरेको भन्दै उहाँले पछिल्लो समयमा विभिन्न कारणले यस क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या न्यून देखिएकाले नगरपालिकाले निःशुल्क भर्ना गर्न थालेको बताउनुभयो ।

    नगरप्रमुख पन्थीले आफू नगरपालिकामा निर्वाचित भएर आएसँगै रेसुङ्गा बहुमुखी क्याम्पसलाई अनुदान स्वरूप एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो । जसमा पचास लाख रुपियाँ क्याम्पसलाई हस्तान्तरण गरिसक्नु भएको छ, भने बाँकी पचास लाख रुपियाँ अनुदान छिट्टै क्याम्पसलाई उपलब्ध गराउने बताउनुभयो ।

    यस पटक नगरपालिकाले करिब ३०० विद्यार्थीलाई स्नातक तह प्रथम वर्षमा निःशुल्क भर्ना गर्ने लक्ष्य लिएको छ । विद्यार्थीहरूको सङ्ख्या वृद्धि भए क्याम्पसको अधिकांश समस्या समाधान हुने भन्दै नगरप्रमुख पन्थीले आर्थिक अभावमा कोही पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय रहेको बताउनुभयो ।

    त्यस अवसरमा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले विद्यार्थी सङ्ख्या क्रमिक रूपमा घट्दै जान थालेको भन्दै नगरपालिकाले गरेको सहयोगले नयाँ आशा थपिएको बताउनुभयो । सामुदायिक क्याम्पसहरूलाई राज्य तहबाट सहयोग गर्ने अवस्था नभएकाले पनि पहाडी क्षेत्रका क्याम्पस सञ्चालनमा समस्या आएको उहाँले बताउनुभयो ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer