• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्व खेलकुदको महाकुम्भ मेला समापन, चीन शीर्ष स्थानमा


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • पेरिस । विश्व खेलकुदको महाकुम्भ मेला पेरिस ओलम्पिक २०२४ सकिएको छ । आइतबार राती आयोजित विशेष समारोहबीच पेरिस ओलम्पिकको समापन गरिएको हो । पाँचवटा ग्रामी अवार्ड विजेता अमेरिकाकी गाब्रिएला सार्मिएन्टो विल्सनले समारोहमा प्रस्तुति दिनुभयो । उहाँले ओस्कार र एमी अवार्ड पनि जित्नुभएको छ ।

    Advertisement

    वल्सनले ओलम्पिक झण्डा हस्तान्तरणका क्रममा स्टेड डे फ्रान्समा अमेरिकी राष्ट्रिय गान गाउनुभयो । अमेरिकी शहर लस एन्जलसले सन् २०२८ को ओलम्पिक खेलकुद आयोजना गर्ने भएको छ । यसका साथै ओलम्पिकको झण्डा अमेरिकालाई हस्तान्तरण गरियो । पेरिसको स्टेड डे हल्ले स्टेडियममा समापन समारोह गरिएको हो । कार्यक्रममा एक सयभन्दा बढी कलाकार, एक्रोब्याट, नृत्य र सर्कस कलाकारको प्रस्तुति रहेको थियो ।

    समापन समारोहको परम्पराअनुसार सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाले आयोजना गर्ने भएकाले ओलम्पिकको झण्डा अमेरिकालाई हस्तान्तरण गरिएको छ । ओलम्पिकमा सहभागिता जनाएको नेपाल भने पदकविहीन रहृयो । छिमेकी मुलुक भारत भने ओलम्पिकमा स्वर्णविहीन रहृयो । स्वर्ण नजिते पनि भारतले ६ पदक भने जितेको छ । भारतीय टोली ७१औँ स्थानमा रहेर घर फर्किने भएको छ ।

    पेरिस ओलम्पिक २०२४ अन्तर्गत चीन फेरि पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकालाई उछिन्दै चीन फेरि शीर्षमा उक्लिएको हो । यसअघि सुरुमा चीन नै पदक तालिकाको शीर्ष स्थानमा थियो । चीनले ३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९० पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ३२ रजत र ४२ कांस्यसहित १२२ पदक जितेको छ ।

    यस्तै, अस्ट्रेलिया तेस्रो स्थानमा कायम छ । अस्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेको छ । जापान चौथो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेको छ । आयोजक फ्रान्स १६ स्वर्ण, २४ रजत र २२ कांस्य पदक जितेर पाँचौँ स्थानमा छ । यस्तै ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २७ कांस्यसहित ६३ पदकसहित छैटौँ स्थानमा छ । सातौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र नौ कांस्यसहित कुल ३० पदक जितेको छ भने नेदरल्याण्ड्स १३ स्वर्ण, सात रजत र १२ कांस्यसहित ३२ पदक जित्दै आठौँ स्थानमा रहन सफल भएको छ । जर्मनी १२ स्वर्ण, ११ रजत र आठ कांस्यसहित कुल ३१ पदक जित्दै नवौँ स्थानमा छ । इटली ११ स्वर्ण, १३ रजत र १५ कांस्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ । हालसम्म ९१ टोलीले पदक तालिकामा उपस्थिति जनाएका छन् ।

    त्यसैगरी हालसम्म क्यानडाले नौ स्वर्ण, न्युजिल्याण्डले नौ स्वर्ण, काजकिस्तानले आठ स्वर्ण, हंगेरी र स्पेनले पाँच/पाँच स्वर्ण, स्विडेन, केनिया, नर्वे र आयरल्याण्डले चार/चार स्वर्ण पदक जितेका छन् । यस्तै ब्राजिल, युक्रेन, इरान, रोमानिया, जर्जिया, बेल्जियम, बुल्गेरिया र चेकियाले तीन/तीन स्वर्ण जितेका छन् । यस्तै, अजरबैजान, क्युवा, क्रोएसिया, सर्बिया, स्लोभेनिया, चाइनिज ताइपेई, अर्टिया, हङकङ, फिलिपिन्स, अल्जेरिया र इण्डोनेसियाले दुई/दुई स्वर्ण जितेका छन् ।

    त्यसैगरी इण्डोनेसिया, इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, साउथ अफ्रिका, थाइल्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, इक्वेडर, पोर्चुगल, इथोपिया, ग्रिस, अर्जेन्टिना, बहराइन, इजिप्ट, ट्युनिसिया, बोत्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, डोमिनिकन रिपब्लिक, ग्वाटेमाला, मोरक्को, डोमिनिका र पाकिस्तानले समान एक/एक स्वर्ण पदक जितेका छन् । एजेन्सी

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer