काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास टिकिरहँदा आज ४ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा मुसलधारे वर्षा हुने सम्भावना पनि छ।
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका १-२ स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।




