• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आन्तरिक पर्यटन प्रवर्द्धनका लागी हेटौँडा–रजैया राप्ती नदीमा र्‍याफ्टिङ


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्‍याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्‍याफ्टिङको सेवा सुरु गरिएको हो ।

    Advertisement

    त्रिशूली नदीमा र्‍याफ्टिङको सेवा दिँदै आएको नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.ले राप्तीखोलामा वर्षायाम केन्द्रित र्‍याफ्टिङ सेवा सुरु गरेको जनाएको छ । हिउँदयाममा राप्तीमा पानीको सतह कम भएपछि भने र्‍याफ्टिङका लागि उपयुक्त नहुने कम्पनीले जनाएको छ । र्‍याफ्टिङ सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाउनुभएको थियो ।

    स्थानीय पर्यटन र आर्थिक विकासको दृष्टिले र्‍याफ्टिङ खेल एक महत्त्वपूर्ण कदम मानिएको पालिका अध्यक्ष कालाखेतीले बताउनुभयो । उहाँले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्‍याफ्टिङको अनुभव अब हेटौँडामा पनि लिन पाइने भएको छ । विशेषज्ञहरूका अनुसार, यो सेवालाई व्यवस्थित गरी उचित लगानी गर्न सकिएमा स्थानीय नगरपालिका, प्रदेश सरकार र स्थानीय समुदायले राम्रो आम्दानीको स्रोत बन्न सक्ने छ । यो नयाँ पहलले हेटौँडाको पर्यटन क्षेत्रमा थप नयाँ आयाम थप्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्‍याउने आशा लिइएको छ ।

    नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिका गाइड कटक गुरुङकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले र्‍याफ्टिङका लागि उत्तम रहेको छ । कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्‍याफ्टिङ यात्राका लागि प्रति व्यक्ति नौ सय रुपियाँ शुल्क निर्धारण गरेको जनाएको छ । नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढवा दिने अपेक्षा गरिएको छ ।(गोरखापत्र)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer