• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनटिभीका क्याम्पा राईलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल टेलिभिजनका समाचार च्यानल प्रमुख पुष्पहरि क्याम्पा राई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

    Advertisement

    लामो समयदेखि टेलिभिजन पत्रकारितामार्फत पुर्‍याउनुभएको योगदानको कदर गर्दै नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवसको अवसर पारेर क्याम्पा राईलाई सम्मान र पुरस्कृत गरेको हो ।

    विक्रम सम्बत् २०२७ सालमा ओखलढुंगाको उँबूमा जन्मनु भएका क्याम्पा राईले विक्रम सम्बत् २०४४ सालदेखि युगान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । क्याम्पा राई विक्रम सम्बत् २०४६ कार्तिकबाट नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

    क्याम्पा राई गोविन्द वियोगी पत्रकारिता पुरस्कार, सिद्धिचरण पत्रकारिता पुरस्कार लगायतका पुरस्कारहरुबाट पुरस्कृत भइसक्नुभएको छ ।

    सामाजिक विषयबस्तुमा थुप्रै रिपोर्टिङ्ग गर्नुभएका राईले २०५५/५६ सालमा नेपालका लोपोन्मुख ‘बनकरिया’ र ‘हायू’ जातिको बारेमा समाचार रिपोर्टिङ्ग गर्नुभएको थियो ।

    नेपाल टेलिभिजनको प्रादेशिक च्यानल इटहरिको प्रमुख रहँदा क्याम्पा राईले कोशी प्रदेशमा बोलिने २६ भाषालाई केन्द्रमा राखेर ‘समावेशी समाज’ कार्यक्रम र राई भाषाको ‘सुप्तुलुङ सेवा’ कार्यक्रम निर्माण तथा प्रसारण गर्नुभएको थियो ।

    यसैगरी, पत्रकार विजयरत्न तुलाधरलाई फोनिज राष्ट्रिय पत्रकारिता र थारु साप्ताहिक पत्रिकाका लौव अग्रासनलाई फोनिज मातृभाषा पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

    यसैगरी पुरस्कृत हुनेमा सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङ पनि हुनुहुन्छ ।

    उहाँहरुलाई संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।

    कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय हित र स्वाभिमानका लागि सरकारले आफ्नै भू उपग्रह स्थापना गर्ने तयारी गरेको बताउनुभयो । उहाँले संचार मन्त्रालय आबद्ध सवै संस्थाहरुको ऐनहरु समयानुकूल हुनेगरी १ वर्षभित्र नयाँ बनाउने र संशोधन गर्ने पनि स्पष्ट पार्नुभयो ।

    मन्त्री गुरुङले राजनीतिक दलहरुको सहमतिमा जारी भएको नेपालको संविधानबाट आदिवासी जनजाती लगायतका लागि प्राप्त उपलब्धि चानचुने नभएको बताउँदै त्यसलाई ठिक ढंगले प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो ।

    नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राईले फोनिजले देशकै बहुलता र विविधतालाई प्रतिबिम्बित गर्ने समावेशी आम सञ्चार नीतिका लागि वकालत गरेको बताउनुभयो ।

    कार्यक्रममा आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगर, आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालका आदिवासी जनजातीको मुद्धमा पत्रकारिताले निर्वाह गर्नु पर्ने भूमिका र फोनिजको योगदानबारे चर्चा गर्नुभयो ।

    तत्कालिन अनिजका संस्थापक अध्यक्ष चन्द्र सिंह कुलुङ, पूर्व अध्यक्षहरु खिम घले र डण्ड गुरुङ तथा नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेण्टर र समाजवादी प्रेस संगठनका प्रतिनिधिहरुले फोनिजले राजनीतिक र सामाजिक परिवर्तनका साथै ब्यवशायिक पत्रकारिताकै प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज विविध कार्यक्रम गरी स्थापपनाको रजत बर्ष मनाएको हो ।

    फोनिजको स्थापना नेपाल आदिवासी जनजाती पत्रकार संघ अनिजकारुपमा २०५६ साल साउन २७ गते भएको थियो ।

    ४ हजार बढी संगठित सदस्य रहेको फोनिजको ७ प्रदेश समितिका साथै देशका ६२ जिल्ला र प्रवासमा समेत शाखा रहेको छ ।(NTV)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer