काठमाडौं । श्रावण महिनाको अन्तिम सोमवार पवित्र दिन पारेर वोलवम यात्रामा सहभागी भक्तजनहरुलाई लायन्स क्लव अफ पोखरा मिड टाउनले शुद्द मोही तथा पिउने पानी वितरण गरेको छ । गाईघाट बगर देखी पोखरा ६ बैदाम श्री केदारेश्वर महादेव मणि सेवाश्रममा, कलशमा जल सहित जलापर्ण गर्नको लागी जाने भक्तजनहरुलाई पोखराको चिप्लेढुङ्गाको विपि चोकमा मोहि तथा पानी वितरण गरिएको डिष्ट्रिक्ट ३२५ एम का चिफ एडभाईजर किशोर बरालले वताउनु भयो ।
श्रावण महिनाको अन्तिम सोमवार पारेर, वोलवम यात्राका भक्तजनहरुका साथै रथयात्रामा सहभागी हुने हजारौ भक्तजनहरुलाई शु्द्द मोही र पिउने पानी बितरण गरिएको लायन्स क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष लेख बहादुर केसिले वताउनु भयो । केदारेश्वर मणिग्राम मन्दिर परिसरमा रहेका ३०० जना बटुकहरु र २७०० भन्दा बढी भक्तजनहरुलाई शु्द्द मोही र पिउने पानी बितरण गरिएको र उक्त कार्यक्रममा झण्डै रु ३३००० खर्च भएको कार्यक्रमका संयोजक खगेन्द्र न्यौपानेले बताउनु भयो । यसअघि अघिल्लो सोमवार अर्थात श्रावण महिनाको तेस्रो सोमवार पनि क्लव मिडटाउनले केदारेश्वर मणिग्राम मन्दिर परिसरमा आउनु भएका १४००० बढी श्रद्धालु भक्तजनहरुलाई प्रसाद (खिर, पुरी र तरकारी) बितरण गरेको अध्यक्ष केसीले बताउनु भयो । कान्तिपथ अनलाईनसंग कुरा गर्दै डिष्ट्रिक्ट ३२५ एमका सचिव शिवराज आचार्यले मानव सेवाका कार्यमा पोखरेली लायन्सहरुको सहभागीता सधै उच्च र प्रशंसा योग्य रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी डिष्ट्रिक्ट ३२५ एमका चिफ एडभाइजर किशोर बरालका साथै रजनी कोइराला लगायत क्लबका पुर्व अध्यक्षज्यूहरु ठाकुर प्रसाद अधिकारी, विष्णु बास्तोला, रविराज भुर्तेलका र क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
यस्तै लायन्स क्लव अफ काठमाडौ साझा अनुगमनले श्रावण महिनाको अन्तिम सोमवारका दिन पारेर भक्तजनहरुलाई पिउने पानी तथा जुस बितरण गरेको छ । करिब १८५० भक्तजनहरुलाई शुद्द पिउने पानी र जुस मार्फत सेवा दिईएको लायन लिडर तारा क्षत्रीले वताउनु भयो । श्रावण महिना, शिव महिनामा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा यसरी श्रद्दालुहरुको सेवा गर्न पाउनु हाम्रो अहोभाग्य हो भन्दै क्लव अध्यक्ष हरि शरण अधिकारीले यस पुनित कार्यमा झण्डै रु ७८००० क्लवको तर्फबाट खर्च गरिएको जानकारी दिनु भयो ।
यस्तै यता लायन्स क्लव अफ काठमाडौं अटल पिंगलास्थानले श्रावण महिनाको हरेक सोमवार पशुपतीनाथमा आउने श्रद्दालु भक्तजनहरुलाई शुद्द पिउने पानी बितरण गर्ने गरेको जोन चियरपर्सन शान्ता अर्यालले बताउनु भयो । हिजो श्रावण महिनाको अन्तिम सोमवार पनि पशुपतीनाथमा आउने श्रद्दालु भक्तजनहरुलाई शुद्द पिउने पानी बितरण गरेको क्लबका अध्यक्ष रोजिना गुरुंगले बताउनु भयो । श्रावण महिनाभरमा करिब २२०००-२५००० बढी श्रद्दालु भक्तजनहरुलाई शुद्द पिउने पानी बितरण गरेको क्लब अध्यक्ष गुरुंगले बताउनु भयो ।
हिजो श्रावण महिनाको अन्तिम सोमवार देशका बिभिन्न भागमा डिष्ट्रिक्ट ३२५ एमका साथीहरुको तर्फबाट बिबिध सामाजिक सेवाको कार्य गरिएको डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले बताउनु भयो । हिजोको पवित्र दिन पारेर देशव्यापीरुपमा सामाजिक कार्यहरु भएको आफुलाई लायन साथीहरुले जानकारी दिएको बताउदै गभर्नर अर्यालले भन्नुभयो, ” हामी लायन्सहरुको मुख्य उदेश्य नै सेवा हो, मानव सेवा नै हो”।





