• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रोहित, दीपेन्द्र र सन्दीप अभ्यासका लागी भारत नजाने


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित खेलाडी सहभागी नहुने भएका छन् । हाल क्यानडामा रहनुभएका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भारतमा हुने प्रशिक्षणमा सहभागी नहुने नेपाल क्रिकेट संघ(क्यान)का प्रवक्ता छुम्बी लामाले बताउनुभयो ।

    Advertisement

    तीनै खेलाडी ग्लोबल टी ट्वान्टी लिगका लागि क्यानडा जानुभएको थियो । ‘हामी अन्तिममा जाने भनेको क्यानडा नै हो । उनीहरू उतै रहनेछन् । दीपेन्द्र र रोहित अर्को लिगका लागि वेस्ट इण्डिज जान्छन् । सन्दीप भने क्यानडामा रहन्छन्,’ प्रवक्ता लामाले भन्नुभयो, ‘नेपालमा वर्षाको सिजन भएकाले नेपाली टोली खेलभन्दा केही अघि नै क्यानडा जाने तयारीमा रहेको छ ।’

    नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपालको लिग-२ मा यो दोस्रो सिरिज हो । नेपालले लिग–२ अन्तर्गत दोस्रो राउण्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

    क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार भारत गएको छ । टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने प्रवक्ता लामाले बताउनुभयो । ‘भारतमा हुने अभ्यासमा रोहित, सन्दीप र दीपेन्द्रबाहेकका १९ खेलाडी सहभागी हुनेछन् । गुलसन झा र देव खनाल भारतमा नै रहेकाले उतैबाट टोलीमा सामेल हुने क्यानले जनाएको छ । मुख्य प्रशिक्षक मोन्टी देसाई पनि भारतमा नै टोलीमा सामेल हुनुहुनेछ ।
    (हिमालय टाइम्स)

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer