काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास निरन्तर टिकिरहँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।




