• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बडिमालिका पूजाका लागी हिड्यो कालीकोटको पल्टन


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय कालीकोटबाट बिदाइ भएसँगै कालीकोटका पुजारी हरिचन्द धमला सहितको भक्तजनको टोली बडिमालिकातर्फ हिँडेको छ।कालीकोटको सरकारी टोली पनि श्रवण शुक्ल नवमीका दिन बडिमालिका पूजाका लागि जाने गर्छन्।

    Advertisement

    पुजारी हरिकृण धमालाले आफूसहित सरकारी टोली पूजाका सामाग्री र सुनको गजुर लिएर बडिमालिकातर्फ प्रस्थान गरेको र यो शुभ साइत जहिले पनि श्रावण शुक्ल नवमीको दिन रहेको बताउनुभयो।

    यसअघि जुम्लाको सरकारी टोली बडीमालीका माइको पूजाका लागि प्रस्थान गरेको थियो।नागपञ्चमीका जुम्लाको सरकारी टोली चन्दनाथ मन्दिरबाट हर्ष बढाइका साथ बडिमालीका दर्शन र पूजाका लागि प्रस्थान गर्ने गर्छ। यसपालि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा २१ जनाको सरकारी टोली बडिमालीकातर्फ गएको छ।जुम्लाको तातोपानी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ति सेजुवालले १४ जना महिला र सात जना पुरुष गरेर जम्मा २१ जनाको सरकारी टोली बडिमालीका माईको दर्शन पूजाका लागि बिदाइ भएर गएको बताउनुभयो।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार दिउँसो अर्थात् नागपञ्चमीका दिन बिदाइ गरेको बताउनुभयो ।

    उक्त टोलीले बडिमालिका पुग्न १५ दिन लगाउने गरेको छ।त्यसपछि धानको बालासहित अछामको टोली आउँछ भने जुम्लाको टोली नागपञ्चमीका दिन प्रस्थान गर्ने गरेको छ।यसरी अहिले पाँच जिल्लाबाट सरकारी टोली पूजा सामग्री सहित बडिमालिका जाने गरेका छन्।

    जनैपूर्णिमाको अघिल्लो दिन श्रावण शुक्ल चतुर्दशीका दिनमा पूजा सकिने गर्दछ।उता डोटीको पेटारो पनि अघिल्लो सोमबार बिदाइ भएर बडिमालिकातर्फ प्रस्थान गरिसकेको थियो।साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्छ।

    बडीमालिकाको मुख्य पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्री उक्त दिन बिदाइ हुने गर्दछन्।(गोरखापत्र)

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer