काठमाडौं । वर्षा गराउने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास निरन्तर कायम छँदा आज ४ वटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।




