• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुर्खेतका किसानको आकर्षण अलैँची खेती तर्फ


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । सुर्खेतका किसानहरू अलैँची खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी दिन थालेपछि सुर्खेतका किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । ओसिलो जमिनमा हुने अलैँचीबाट किसानले वार्षिक रूपमा लाखौँ आम्दानी लिँदै आएका छन् ।

    Advertisement

    उत्पादित अलैँचीको बजार सहजै हुने भएपछि किसान खोल्साखोल्सी र ओसिलो बारीमा अलैँची धमाधम रोप्न थालेका छन् । रोपेको दुईदेखि तीन वर्षमा अलैँचीले आम्दानी दिने भएपछि किसानले अलैँची खेती गर्न थालेका हुन् । सुर्खेतको सिम्ता र चिङगाड गाउँपालिकाभित्रका ओसिलो क्षेत्रमा अलैँचीको व्यावसायिक खेती गर्ने गरिएको छ ।

    पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–८ का गणेशबहादुर मल्लले व्यावसायिक रूपमा अलैँची खेती गर्नुहुन्छ । अलैँची खेतीबाट बर्सेनि मनग्गे आम्दानी लिँदै आउनुभएको छ । उहाँले झन्डै छ वर्षदेखि अलैँची खेती गरिरहेको जानकारी दिनुभयो ।

    सुरुवाती चरणमा प्रतिकेजी दुई हजार पाँच सय रुपियाँमा बिक्रीवितरण हुने गरेको थियो । राम्रो मूल्य पाएको देखेपछि आफूले पनि अलैँचीको व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । “अहिले पनि एक हजार पाँच सय रुपियाँ प्रतिकेजी अलैँची बिक्रीवितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “वार्षिक दुई क्विन्टलसम्म उत्पादन हुन्छ ।”

    सुरुवाती वर्षमा दुई हजारदेखि दुई हजार पाँच सय रुपियाँमा किलोमा बिक्री हुँदै आएको अलैँची हाल खेती गर्ने किसानहरू थपिएसँगै एक हजार पाँच सयसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रस्थित एक हजार तीन सय मिटरभन्दा माथिल्लो उचाइमा व्यावसायिक अलैँची खेती गर्ने गरिएको छ । अलैँची खेतीबाट वार्षिक रूपमा तीन लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिनुभयो ।

    करिब चार वर्षअघिदेखि अलैँची खेती विस्तार भएको सिम्ता गाउँपालिकाको चुनपानी डाँडाखालीमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो । वडा नं. ८ कै रुद्रबहादुर राना क्षेत्रीको दिनचर्या अलैँची बारीमै बित्छ । अलैँची किसान रानाक्षेत्रीले गाउँ गाउँमा खेतीको लहर बढेको बताउनुभयो ।

    अर्का सफल कृषक रामबहादुर मल्ल पनि हुनुहुन्छ । उहाँले पनि वार्षिक दुई लाखभन्दा बढी आम्दानी अलैँची खेतीबाटै गर्दै आउनुभएको छ । अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएपछि किसान पछिल्लो समयमा अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

    हाल सुर्खेत जिल्लामा आठ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । जिल्लाका चार सयभन्दा बढी कृषक व्यावसायिक अलैँची खेतीमा आबद्ध भएका छन् । जिल्लामा उत्पादित अलैँची कर्णालीका विभिन्न जिल्लामा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ । कृषि विकास निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले अलैँची खेतीलाई प्रवर्धन गर्नका लागि अनुदानका कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

    गत वर्ष निर्देशनालयले अलैँचीको क्षेत्र विस्तार गर्ने भन्दै अनुदानमा बिरुवा वितरण गरेको थियो । ५० प्रतिशत निर्देशनालयको र ५० प्रतिशत समूह, सहकारीको गरी बिरुवा वितरण गरिएको जनाएको छ । उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन भएको थियो ।(गोरखापत्र)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer